दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

जुम्लामा दुई हजार भन्दा धेरै माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लाको सिँजा पुगेर ठुलो संख्यामा अन्य पार्टीका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउनुभएको छ  सिँजा गाउँपालिकाको नराकोटमा बिहीबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य सहित नेकपा माओवादी केन्द्र, नेपाली काग्रेस र माधब नेपाल समाजवादी पार्टीबाट नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेश कार्यक्रमपछि आयोजित बिशाल भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शेर बहादुर देउवा सरकारको दिनगन्ती सुरु भइसकेको दाबी गर्नुभयो ।

यो सरकार चुनावसम्म पनि नजाने उहाँको भनाइ छ । एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको छ,’

उहाँले भन्नुभयो ‘जनतालाई ढाँट्ने र छक्याउने खेलमा मात्र सरकारको सक्रियता देखियो । आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदात गरी समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन उहँले आग्रह गर्नुभयो ।

ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएकोले विकासको इतिहास आफ्नो परिस्थितिअनुसार गर्नसक्ने बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘बाटो र बिजुली बनाउनु छ, देशलाई औद्योगीकरणमा लैजानु छ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा विकास गर्नुछ । जसको नेतृत्व एमालेले मात्र गर्न सक्छ ।’

उहाँले कर्णालीमा राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरीलगायतका धार्मिक तथा पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सी चामल नेपालको वास्तविक ब्राण्ड भएको बताउनुभयो ।

उहाँले सिँजाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताउनुभयो । ‘आगामी निर्वाचनपछि नाग्म–रारा जाने सडक पिच बनाएरै देखाउनेछौं,उहाँले भन्नुभयो ‘नजिकै बग्ने हिमा नदीबाट के लाभ लिन सकिन्छ भन्नेबारे मेरो गम्भीर चासो छ ।’

जुम्ला आउनुअघि ओलीले दैलेखस्थित दुल्लुको अवलोकन गर्नुभएको थियो । खस सभ्यतामा दुल्लु मौसमी राजधानी थियो । उहाँ जुम्लाको कार्यक्रमलाई सम्बोधन गरी हेलिकप्टरबाट कालीकोट पुग्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation