


दाङमा जन्मिएका शंकर पोख्रेल र शंखुवासभामा जन्मिएकी सुजिता शाक्यको भेट राजनीतिक कार्यक्रमका सिलसिलमा क्रममा भयो। तत्कालिन समयमा पार्टी खुला थिएन। भूमिगत रुपमा पार्टीका कार्यक्रमहरू हुन्थे। त्यसमाथि शंकर र सुजिता विद्यार्थी थिए। शंकर त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययन गर्दथे भने, सुजिता महाराजगञ्जस्थित नर्सिङ क्याम्पसमा।
शंकर अनेरास्वियु केन्द्रीय कमिटीका विद्यार्थी नेता थिए। सुजिता नर्सिङ क्याम्पसको स्ववियुमा कोषाध्यक्ष हुदै सभापति भएकी थिइन्। उनी अनेरास्वियु काठमाडौं जिल्ला कमिटीमा पनि आवद्ध थिइन्। काठमाडौंको एउटै खाल्डोमा भएपनि उनीहरू दुई ध्रुबका प्राणीजस्तै थिए।
शंकर र सुजिता दुवै अत्यन्तै लजालू र कम बोल्ने स्वभावका थिए। तत्कालिन समयमा विद्यार्थी संगठनका प्रशिक्षणरभेला पनि भूमिगत रुपमै गर्नुपर्ने बाध्यता थियो। प्रशिक्षणमा को आयोरु को आएन भन्ने कुराको हेक्का कमै हुन्थ्यो। शंकर केन्द्रीय कमिटीका नेता थिए। तर त्यतिबेला कुनै कार्यक्रममा शंकरको भाषण सुनेको सुजितालाई हेक्का छैन। राजनीति गर्ने क्रममै भेट भएका शंकर र सुजिताको पार्टीकै साथीहरूको सल्लाह र सहयोगमा विवाह भएको हो।
प्रेम होइन मागी विवाह
शंकर र सुजिताको अन्तर्जातीय विवाह भएपनि प्रेम विवाह भने होइन। सुजिता पूर्वी पहाडकी नेवार थिइन् शंकर पश्चिम तराईका ब्राम्हण।
उनीहरूबीच व्यक्तिगत रुपमा खासै चिनजान थिएन। त्यसैले सम्बन्ध त्यस्तो प्रगाढ पनि थिएन। राम्रो चिनजान नै नभएकाले बिवाहसम्मको कुरा धेरै परको विषय थियो।
खासगरी सुजिता र शंकर पार्टीमा प्रतिबद्ध रुपमा लागेका योद्धा थिए। उनीहरू दुवै जनाको स्वभाव कम बोल्ने, लजालु भएका कारण शंकर र सुजिताको मेल गराउन पार्टीभित्रकै उनीहरूका साथीहरू लागेका थिए। ुहाम्रा केही साथीहरू हुनुहुन्थ्यो उहाँहरूले शंकर जी र सुजिता जीको स्वभाव मिल्छ। विवाह गर्दा राम्रो हुन्छ भनेर प्रपोज गर्नुभयोु, सुजिताले भनिन्, ुतर प्रपोज गरेको २र३ वर्षपछि मात्रै हामीले विवाह गर्यौं। हाम्रो अन्तरजातीय विवाह हो तर प्रेम विवाह होइन।ु
एक-अर्काका परिवारको सहमतिमा उनीहरूले २०५४ सालमा प्रगतिशिल विवाह गरे।
ुभूमिगत तरिकाले प्रशिक्षण हुन्थ्यो। प्रशिक्षणमा को आउथ्यो को आउदैनथ्यो हामीलाई थाहा पनि हुदैनथ्योु, सुजिता ती दिन सम्झिन्छिन्, ुशंकर जी अनेरास्ववियुको कोषाध्यक्ष हुनुहुन्थ्यो। केही समयपछि उहाँ पनि स्ववियुको सभापतिमा निर्वाचित हुनुभयो। हाम्रो स्ववियु काउन्शिल थियो। त्यहाँ म पनि सदस्य भएकोले कहिलेकाँही भेट हुन्थ्यो।ु
नेतृत्वको हिसाबले सुजिता शंकरलाई नेता मान्थिन्। तर उनको परिवार तथा व्यक्तिगत जीवनका बारेमा कुनै जानकारी थिएन। शंकरको भाषण पनि सुजिताले २०५६ सालको आम निर्वाचनका बेला विवाहपछि मात्रै राम्ररी सुनेकी थिइन्। आ(आफ्नो कार्यक्षेत्रको काम गरेर हिड्ने भएकाले उनीहरूबीच त्यसरी नजिक हुने, भाषण सुन्ने मौका नै जुरेको थिएन।
जेठाजुका कारण सहजता
शंकर पोख्रेलका जेठा दाजु देवी पोख्रेल कम्युनिष्ट पार्टीका क्रियाशिल नेता थिए। उनकै छत्रछाँयामा सबै भाइबहिनीहरू कम्युनिष्ट आन्दोलनमा समाहित थिए। समाजमा रहेका कुरीति, कुसंस्कार हटाउनुपर्छ भन्ने दह्रो मान्यता जेठा दाजुमा भएका कारण उनीहरूलाई विवाहमा कुनै समस्या भएन।
जेठाजुले सहज पारिवारिक माहोल निर्माण गरेका कारण आफूलाई कुनै अप्ठ्यारोसँग जुध्नु नपरेको सुजिता बताउँछिन्।
ुदाइले नै सबै भाइबहिनीहरूलाई कम्युनिष्ट आन्दोलनमा लगाउनुभयोु सुजिता भन्छिन्, ुउहाँहरूले सहयोग गर्नुभएकै कारण हामीलाई विवाह गर्न र राजनीतिक जीवन अगाडि कुनै बाधा झेल्नुपरेन।ु सुजिता आफ्नो जेठाजु देवीलाई आदर्श व्यक्तिको रुपमा लिन्छिन्।
श्रीमानले दिने स्वतन्त्रता ठूलो
शंकर र सुजिता राजनीति गरिरहेका जोडीहरूमध्येका एक सफल जोडी हुन्। दुवै जना आ(आफ्नो क्षेत्रमा आ(आफ्ना जिम्मेवारी निर्वाह गर्दै आएका छन्। शंकर पार्टीका स्थायी कमिटीको सदस्य र लुम्बिनी प्रदेशको मुख्यमन्त्री छन्। उनी एकपटक सूचना तथा सञ्चारमन्त्री पनि भएका थिए।
सुजिता पार्टीको केन्द्रीय सदस्य तथा पार्टीको स्वास्थ्य विभागकी प्रमुख छिन्। उनी विघटित प्रतिनिधिसभाकी सदस्य पनि हुन्। राजनीति गर्ने क्रममै भेटिएका यो जोडी सक्नेबेलासम्म राजनीतिमै क्रियाशिल रहने सोचमा छ।
शंकर पार्टीमा सुजिता भन्दा सिनियर पोष्टमा छन्। तर बिहे भएदेखि अहिलेसम्म कुनैपनि क्षण सुजिताले श्रीमानको आदेश र हस्तक्षेप सामना गर्नुपरेको छैन। कुनै कुरामा हस्तक्षेप नगर्ने शंकरको यही स्वभाव नै सुजितालाई अत्यन्तै मनपर्छ। ुयसो गर वा यसो नगर भनेर कहिले पनि भन्नुहुन्न। बिहे भएदेखि अहिलेसम्म कुनैपनि कुरामा हस्तक्षेप गर्नुभएको छैन। तिमीले आफ्नो विवेक प्रयोग गर भन्नुहुन्छु सुजिता भन्छिन्, ुम खुलस्त भएर मेरो विवेकले भ्याएसम्म काम गर्नका निम्ति कहिले पनि हतोत्साही बनाउनुभएन।
शंकरसँग उनलाई एकप्रकारको स्वतन्त्रता महसुस हुन्छ। उहाँले गर्ने मायाँ, विश्वास, कमिटमेन्ट विशेष लाग्छ।
शंकर र सुजिताका दुई छोरीहरू छन् अंकिता र आकृती। ठूली छोरी अंकिताले चाइनामा इञ्जिनियरिङ अध्ययन गर्दैछिन् भने, कान्छी छोरी आकृतीले काठमाडौंमै व्यवस्थापन विषयमा कक्षा १२ मा पढ्दैछिन। बुबा(आमा दुवै राजनीतिक व्यक्तित्व भएका कारण धेरैले छोरीहरूलाई पनि राजनीतिक उत्तराधिकारी बनाउने होला नी भनेर प्रश्न गर्ने गरेका छन्। तर छोरीहरू चाहनाअनुसार नै करिअर अगाडी बढाउन सहयोग गर्ने सोच शंकर र सुजिताको छ।
के बन्ने रु के गर्ने रु भन्ने विषयमा छोरीहरू पूर्णतः स्वतन्त्र रहेको सुजिता बताउँछिन्। उनीहरू जे चाहन्छन् त्यही क्षेत्रमा नै जान सक्छन्ु सुजिता भन्छिन्, राजनीति आफूले बुझेर गरिने कुरा हो, जर्बजस्ती गर्ने कुरा हुदैन।