हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

प्रदीप ज्ञवाली : गठबन्धन देश बनाउन होइन एमालेलाई हराउन बनेको हो

काठमाडौं ।
नेकपा एमाले का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्र निर्माण र विकासका लागि नभई एमालेलाई हराउनकै लागि गठबन्धन गरिएको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित एक सभालाई सम्बोधन गर्दै ज्ञवालीले अहिलेको स्थानीय तहको निर्वाचनलाई सामान्य ढङ्गले लिन नहुने बताए । उनले एमालेले राष्ट्रको हित,विकास, नेपाली जनताको सम्बृद्धिका लागि अगुवाई गरेको जिकिर गरे ।

अहिलेको निर्वाचन देश बनाउने र देशलाई खाडलतिर हाल्ने शक्तिबीचको लडाइँ भएको उनको तर्क छ ।ज्ञवालीले परमादेशले बनाएको गठबन्धन सरकारले निर्वाचन गर्न नै नचाहेको जिकिर गर्दै बाध्य भएर निर्वाचनको मिति तोकेको बताए ।

उनले देशको समृद्धि, विकास, नेपाली जनताको हकहित, नेपाली युवाहरूलाई रोजगारी गराउने काम एमालेले मात्रै गर्ने भन्दै सभ्य र समतामूलक समाज निर्माण गर्न एमालेले मत मागिरहेको बताए । कार्यक्रममा एमालेका सचिव गोकर्ण विष्ट देशमा परिवर्तन ल्याउन युवाहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation