दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

फ्रान्सेली क्रान्तिको पाठ र नेपाली क्रान्तिका चुनौती

नेपालका कम्युनिष्ट भनिने पार्टीमा समेत दलाल पुँजीवादीहरूको हालिमुहाली छ। दक्षिणपन्थी, नवमण्डले र वामपन्थकै नकाव लगाएका मण्डलेहरू पनि प्राप्त प्रगतिशिल उपलब्धिहरूका विरुद्ध निरन्तर लागिरहेकै छन्। तसर्थ नेपाली क्रान्तिकारीहरूले पनि यदि लक्ष्यमा पुग्ने नै हो भने फ्रान्सेली क्रान्तिकारी जनताले जस्तै निरन्तर र आवश्यक परे निर्मम संघर्षका लागिसमेत सधैँ तयार रहनुपर्छ।

सन् १७८९ मा भएको आधुनिक युरोपको इतिहासमा सबैभन्दा असाधारण क्रान्तिका रुपमा स्थापित फ्रान्सेली राज्यक्रान्ति सामन्तवादी व्यवस्थाविरुद्ध विशाल, निर्मम, रक्तपातपूर्ण र सम्झौताहिन क्रान्ति थियो।

फ्रान्सका मध्यम वर्गीय नागरिकको नेतृत्वमा तत्कालिन निरंकुश राजतन्त्र विरुद्ध गरेको कठोर क्रान्ति भएकाले यस क्रान्तिलाई पूँजीवादी क्रान्ति पनि भनिन्छ। यो कुनै एक पटकको महान् संघर्षबाट आएको क्रान्ति थिएन। क्रान्तिपश्चात पनि पटक पटक राजतन्त्रको स्थापना भएको थियो। तर पनि उक्त क्रान्तिले आफ्नो लक्ष्य हासिल नगर्दासम्म संघर्षलाई निरन्तरता दिएको थियो। तसर्थ, क्रान्तिकारीहरुका लागि अहिले पनि फ्रान्सेली क्रान्तिको इतिहास ठूलो शिक्षाको स्रोत हो।

दन्त्य कथाजस्तो इतिहास

१८ औँ शताब्दीमा फ्रान्सका राजा थिए–लुई द फोर्टिन्थ। भएजति सबै राज्यशक्ति राजाको दरबारमा थियो। लुई स्वेच्छाचारी, अति विलासी र लडाईं मनपराउने, आसेपासे भाइभारदारलाई भएभरको बक्सिस उपहारको बन्दोबस्त गराउन खोज्ने, आलिसान जीवनयापन खोज्ने र सेवाचाकरी चाहिने व्यक्ति थिए। फ्रान्समा युद्धको उन्माद उनका बाजे बराजुकै पालादेखिको थियो। युरोपका धेरै युद्धहरूमा सहभागी पनि हुँदै आएका कारण त्यतिखेर फ्रान्स राज्य जसोतसो चल्दै थियो। तत्कालीन युवराज लुई द फोर्टिन्थका ज्येष्ठ पुत्र युवराज लुईले १७११ मा प्राण त्यागे। युवराज लुईका पनि ज्येष्ठ सुपुत्र तथा फ्रान्सेली नरेश लुई द फोर्टिन्थका नाति लुई पनि आफ्ना बाबुको निधन भएको एक वर्ष नबित्दै बिते। नाति लुईको वंश धान्ने सन्तानमा दुई पुत्रहरू थिए– माइला र कान्छा।

नाति लुईका जेष्ठ पुत्र सन् १७०४ मा जन्मेका थिए, १७०५ मै मरे। नाति लुईका माइला छोरा पनि ५ वर्षको उमेरमा नै सन् १७१२ मा बिते। राजाका कान्छा छोरा पनि सिकिस्तै बिरामी थिए, तर जसोतसो बाँचे। अब राजा हुने लाइनको एक नम्बरमा आए, नाति लुईका कान्छा छोरा, बर्बन। नरेश लुई द फोर्टिन्थको सन् १७१५ देहान्त भयो। राजा बन्ने पालो आयो नरेश लुई द फोर्टिन्थका पनातिको। यि लुई द फिफ्टिन्थ भनेर कहलाउँछन्। राजाको गद्दीमा बस्दा लुई द फिफ्टिन्थको उमेर केबल ६ वर्षको थियो।

उनले जवान नहुँदासम्म आफैँ शासन गर्न भने पाएनन्। लुई द फोर्टिन्थ मर्नुअघि एक कबोलनामा गरेर प्रतिनिधिहरुबाट लुई द फिफ्टिन्थ् लक्का जवान नहुँदासम्म शासन गर्ने व्यवस्था मिलाएका रहेछन्। नरेश लुई द फोर्टिन्थका झड्केला छोराहरु पनि कच कच गरिरहेका रहेछन् त्यसबेला। उनीहरूलाई पनि शासन प्रतिनिधिमण्डल तथा दरबारमा राम्रै सम्मानजनक स्थान दिएका रहेछन् लुई द फोर्टिन्थले।
बालक राजा देखेपछि शक्ति हत्याउनका लागि दरबारभित्र किचलो सुरु हुनु सामान्य हो। तैपनि उनलाई र उनको राजकीय शक्ति जोगाएर राख्न त्यतिबेलाका धर्माधिकारी, न्यायाधिकारी, कार्यकारी शासनाधिकारी, सैन्याधिकारी तथा उनको प्रतिनिधित्वमा शासन चलाउनेले कुनै कसर बाँकी राखेनन्। लुई द फिप्टिन्थले १७२३ मा सक्रिय शासन चलाउन थाले।

त्यतिबेला युरोपका विभिन्न मुलुकमा राजाको पद हत्याउने विषयमा एक देश र अर्को देशबीच लामो समयसम्म युद्ध चलिरहेको थियो। तैपनि फ्रान्स जसोतसो अघि बढि नै रहेको थियो। लुई फिफ्टिन्थले सन् १७२६ मा मुख्यमन्त्री बनाएका हेक्युल ड फ्ल्येरी भन्ने व्यक्ति राजाको प्रतिनिधिको रुपमा जिम्मेवार थिए। फ्ल्येरीको १७४४ मा निधन भयो।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation