भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

यही २२ गतदेखी नवलपरासी पश्चिमका ८६ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने

रबिन्द्र यादव, नवलपरासी पश्चिम ।
नवलपरासीमा चैत २२ देखि ३० गतेसम्म टाइफाइड रोगविरूद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेकोे ७ स्थानीय तहमा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।

बहुवर्षीय खोप कार्ययोजनाको लक्ष्यअनुसार यही चैत २२ देखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । यहि चैत २२ गतेदेखि देशैभर सुरु हुन गइरहेको खोप अभियान कार्यक्रम अन्तर्गत जिल्लाका ८६ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय परासीका मलेरिया इन्सपेक्टर एवं कोभिड १९ जिल्ला फोकल पर्सन देवि पौडेलले जानकारी दिए ।

टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा लगाउन लागिएको उनले बताए । केही विद्यालयमा बालबालिकाहरुको परीक्षा संचालन भएकोले केही पालिकामा अघिपछि मितिमा टाइफाइड रोगविरुद्धको खोप लगाइने उनको भनाइ छ । यो खोपको भायलमा भिभिएम रहेको तथा एक भायलमा पाँच मात्रा रहेको रंगविहीन तयारी झोलको रुपमा एक जनालाई शून्य दशमलव पाँच एमएलमा दिइने भएको छ ।

यो खोप १५ महिनादेखि २३ महिनाको बच्चालाई बाँया तिघ्राको बीच बाहिरी भाग र २ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई बाँया पाखुराको बीच बाहिरी भागमा लगाइने भएको हो । नवलपरासी पश्चिम जिल्लामा ८ दिनको अभियान संचालन गरेर खोप पुर्ण रुपले दिइसक्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरि खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।

यसैगरी प्रतापपुर गाउँपालिकाको स्वास्थ्य शाखाले टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवातका लागि पालिका स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुका लागि पालिका स्तरिय एकदिने अभिमुखिकरण तथा योजना गोष्ठी प्रतापपुर स्वास्थ्य चौकीमा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अंजु कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे लगााएत वडा अध्यक्ष हेमेन्द्र कुमार पंजियार, कादिर अलि अन्सारी, त्रिभुवन सिंह, जन्त्री चौरसिया, इश्वरी चौधरी, दिवाकर चौधरी, एवम् विद्यालयका प्रधानाध्यापक र स्वास्थ्यकर्मीहरु र पत्रकारको सहभागीता रहेको थियोे । प्रतापपुर गाउँपालिका भित्र रहेका उमेर समुहका सम्पुर्ण बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिइने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation