


काठमाडौं ।
एमाले नेता भीम रावलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टी ९भाजपा०को कार्यालयमा गएर कूटनीतिक मर्यादा नाघेको आरोप लगाएका छन् । शुक्रबार साँझ ट्विटरमार्फत नेता रावलले देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा हो कि कांग्रेस सभापतिको हैसियतमा भएको हो भनी प्रश्नसमेत गरेका छन् ।
ूशेरबहादुर देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतले हो कि, नेपाली कांग्रेसको सभापतिको रु भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो रु श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसँग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो भ्रमण पारिवारिक हो र रु,ू रावलले प्रश्न गरेका छन् ।
यस्ता गतिविधिले नेपाल हेपिने गरेको उनको भनाइ छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका छन् । उनले पहिलो दिन शुक्रबार ९आज० भाजपाको कार्यालयमै गएर पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका थिए ।