हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

प्रधानमन्त्री देउवालाई अध्यक्ष बरालको चेतावनी : मुलुकको प्रतिष्ठलाई दाउमा नराख्नुस्

काठमाडौँ, ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा गरेको भ्रमणको कडा शब्दमा आपत्ती जनाउनुभएको छ ।

प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा गई नेपालको कुटनैतिक मर्यादालाई भुलेर लम्पसारवादी चरित्र भएको भन्दै अध्यक्ष बरालले अब भारतीय जनता पार्टीसँग पनि गठबन्धन गर्ने हो भनि प्रश्न गर्नुभएको छ । मुलुकको प्रतिष्ठलाई दाउमा नराख्न चेतावनी दिँदै एमालेको केन्द्रीय सदस्य समेत रहनुभएकी बरालले छिमेकी मुलुकसँगको सम्बन्ध कसरी अगाडी बढाउने भन्ने बारे पूर्वप्रधानमन्त्री केपी ओलीको समयकाललाई आधार मान्न सुझाव समेत दिनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘भारतीय जनता पार्टीसँग पनि तथा कथित गठबन्धन गर्ने हो, प्रधानमन्त्री देउवाजी रु नत्र कूटनीतिक मर्यादा भुलेर, प्रोटोकल र भ्रमण तालिकामा हुँदै नभएको लम्पसारवादी चरित्र किन रु देशको प्रतिनिधित्व गर्दै गर्दा आफ्नो हैसियत नभुल्न खबरदारी गर्न चाहन्छौं, तपाइको ब्यक्तित्व त नेपाली जनताले बुझेकै छन् तर देशको प्रतिष्ठा दाउमा नराख्नुस् ।

भ्रमण कस्तो हैसियतमा गर्नुपर्छ, छिमेकीसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा आफुले नजाने पनि पूर्वप्रधानमन्त्री श्रद्धेय केपी शर्मा ओलीको समय हेरे पुग्ने थियो । भाजपाको कार्यालयमै पुग्ने शेरबहादुर देउवाको कदम सर्वथा अस्वीकार्य र गलत छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation