लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

ओली : अब सुशासनको यात्रालाई अघि बढाउँछौँ

काठमाडौं ।
नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशको सार्वभौमसत्ता, स्वाधीनता, संविधानको कार्यान्वयनसँगै विकास र सुशासनको यात्रालाई अघि बढाउने लक्ष्य लिएकाले यसका पक्षमा देशव्यापी लहर देखिएको बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू बिहीबार मात्रै कर्णालीको जुम्ला र कालिकोटमा पुग्दा विशालसभा र असाधारण उत्साह देखिएको जनाउँदै ‘समृद्धि नेपाल, सुखी नेपाली’ को यात्रामा लेखक साहित्यकारहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।

उनले कुनै पद पाउनका लागि दौडनेभन्दा पनि सामूहिक भाव र समझदारीका साथ देश बनाउने बाटोमा लाग्न पनि आग्रह गरे ।

ओलीले शैव दर्शन, योग दर्शन र बुद्ध दर्शनका साथै विविध सभ्यताको उद्गमस्थल नेपाल नै भए पनि गरिबी र पछौटेपनका कारण त्यसलाई अगाडि बढाउन नसकिएकामा मुलुकमा विकास र समृद्धिको यात्रा आरम्भ भएसँगै अब इतिहास, संस्कृति र सभ्यताको संरक्षणको यात्रा आरम्भ हुने बताए । रासस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation