हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नगरेको कामको प्रचार गरेर गरीबलाई निर्वाचनमा प्रयोग गर्न पाइदैन

गाउँब्लक जग्गाको पुर्जा वितरण गरेर मेरो सरकारले जमीन र पुर्जा बाड्यो भन्नुको के अर्थ यो काम त हिजोको सरकारले पनि गरेको थियोे आज निरन्तर भएकै छ।

सरकारले बनाएको राष्ट्रिय भूमि आयोगले आफ्नो जिम्मेवारी अनुसार भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफ्नो कार्य अवधि भित्र जमिन सहितको लालपुर्जा वितरण गरेर मात्रै अहिलेको सरकारको काम देखिन्छ।

कानुन त संबिधानको धारा ४० मा संबिधान बनेको ३ वर्ष भित्र दलित भूमिहिनलाई एकपटकका लागी जमिन दिने परिकल्पना गरेको छ।हाल सम्म एकजना पनि दलितले जमिन र पुर्जा पाए भन्ने समाचार सुन्न पढ्न पाएन।यसको जिम्मेवारी लिन आजको सरकार तयार छैन।

भूमि ऐन २०२१ को आठौं संशोधन र यसलाई कार्यनयन गर्न बनेको अठारौं नियमावलीले भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवास र खेतीपातीका लागी सरकारले कति जमिन दिन सक्छ भन्ने परिकल्पना गरेको छ।त्यसै अनुरुप राष्ट्रिय भूमि आयोगको जन्म भएको छ।तर जिम्मेवारी र कार्यबिधी अनुरुप काम नगरेर गाउँब्लकको जग्गाको पुर्जा वितरण गर्दै मेरो सरकारले यसो गर्यो भन्नुको के अर्थ

सरकार र गरीबका नाममा बन्ने आयोग कुनै एउटा पार्टीको मात्रै होइन त्यसैले नगरेको कामको प्रचार गरेर गरीबलाई निर्वाचन प्रयोग गर्न पाइदैन यसको सबैले सकारात्मक बिरोध गरौं।भूमिहिन,सुकुम्बासी,हलिया,हरुवाचरु र अव्यवस्थित बसोबासीलाई भोट् बैंकको रूपमा कहिलेसम्म प्रयोग गर्छौ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation