दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

विद्यालयमा सुझाव पेटिकामा यौन हिंसा र द्रुव्यवहारसम्मका गुनासा

कपिलवस्तु ।
घरबाट विद्यालय गएकी १५ वर्षीया सरला नाम परिवर्तन एक युवकसँग एकान्तमा बसिरहेको उनकी साथीले देखेकी थिइन । विद्यालय पुगेर पनि दोस्रो पिरियडमै उनी घरमा काम छ भन्दै बाहिरिएकी थिइन । तर उनी घर नगइ एक किलोमिटर परको परालको टौवामा भारतीय एक युवकसँगै बसेकी थिइन ।

ती युवक मामाघर आएका थिए । उनले दुई सातादेखि सरलासँग प्रेमजाल बुन्दै आएका थिए । प्रलोभन देखाउँदै उनले बालिकामाथि गलत दृष्टि राखेका रहेछन् । सरलामाथि भएको गतिविधि देख्ने साथीले विद्यालयमा रहेको सुझाव पेटिकामार्फत यो जानकारी विद्यालयलाई गराएका हुन् ।

विद्यालयको लैङ्गिक सम्पर्क शिक्षक ९फोकल शिक्षक० र प्रधानअध्यापकको पहलमा सुझाव पेटिकामा आएका गुनासोलाई उच्च महत्व दिएर विद्यालयले तुरुन्तै सम्बोधन गरेपछि सरला भारतीय युवकको चंगुलबाट मुक्त भएकी थिइन ।

बालबालिका जोखिममा पर्न लागेको जानकारी पाएलगत्तै अभिभावकको सहयोग लिई संरक्षण गराएको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको यो विद्यालयले जनाएको छ । सरला मात्रै होइन विद्यालयमा राखिएका सुझाव पेटिकाले धेरै बालबालिका दुव्र्यवहार तथा हिंसाका घटनाबाट जोगिन थालेका छन् ।
‘सरले कक्षामा केटीलाई जिस्काउने, केटीको ढाडमा मुसारेर पिट्ने समेत गरेको गुनसो आउँछन्,’ एक शिक्षकले भने । विद्यालयले घटनालाई गम्भीरताको साथ अनुसन्धान गर्न थालेपछि यस्ता गलत व्यवहार रोकिएको छ ।

जिल्लाको एक विद्यालयमा रहेको गुनासो अभिलेख पुस्तिकामा रहेको अर्को घटना यस्तो रहेको छ ।

–रमिता र प्रमिला ९नाम परिवर्तन० विद्यालय बाहिर गएर केटाहरूलाई भेट्ने गर्छन्, सीसीटीभी क्यामरा खोलेर हेर्न सकिन्छ ।
–कक्षा १० ९ए०का राम र विनिता ९नाम परिवर्तन०माथि हलमा नराम्रो क्रियाकलाप गर्छन्, अरु विद्यार्थी जाँदा कविताले बाटो छेक्ने र ढोका बन्द गरी बस्छन् । अन्य विद्यार्थीलाई समेत नराम्रो असर परेको छ ।

गुनासो आएपछि सम्बन्धित विद्यार्थी, अभिभावक र गुनासो सुनुवाइ समिति मिलेर छलफल गरेका थिए । छलफलपछि बालबालिकाहरूले त्यस्ता क्रियाकलाप बन्द गरेको अभिलेखमा उल्लेख छ ।

शुद्धोधन गाउँपालिकाको पूर्ण केशरी माविमा बग्दीमा सुझाव पेटिका प्रयोगपछि विद्यार्थीहरूका समस्या समाधान गर्न सहज भएको प्रअ लीला खनालले बताउँछिन् । सुझाव पेटिका साप्ताहिक रूपमा खोल्न लागेपछि बालबालिकाले उजुरी दिन थालेका हुन् ।

बालबालिकाको गुनासो गोपनीयताका साथ सुनुवाइ भएको कारणले निर्धक्क भएर मौखिक र लिखित ९उजुरी पेटिकामा० रूपमा गुनासो आउने गरेको छ । सामान्य समस्या तत्काल र जटिल प्रकृतिका समस्यालाई सम्बन्धित विद्यार्थी, उनका अभिभावक, गुनासो सुनुवाई समितिसमेत बसेर समाधान गरेको फोकल शिक्षक शान्ता अर्याल बताउँछिन् । समयमै गुनासोको सुनुवाई गर्दा हिंसाको जोखिमबाट मुक्त भएका विद्यालयको पूर्वछात्राले अझै पनि स्मरण गर्दै धन्यवाद दिने गरेको अर्यालले बताइन् ।
शुद्धोधन कै ठुलो नन्दन माविका फोकल शिक्षक सुनिता अर्यालले सुझाव पेटिकामा गुनासो आएको कारणले पढाई छाडेका बालिकालाई विद्यालयमा भर्ना गराउन सफल भएको बताइन् ।

शिवराज नगरपालिका– ९ बानियाँभारमा सुझाव पेटिका प्रयोगको कारण विद्यालयमा सुधार आएको प्रअ विक्रम केसी बताउँछन् । २०६७ सालमा अन्य कार्यालयको देखासिकी गर्दै सुझाव पेटिका राखिएको थियो । तर, त्यो बेला कसरी खोल्ने, समस्या समाधान गर्ने विषयमा जानकारी भने थिएन ।

गत वर्ष युनिसेफ नेपाल र एजुकेसन पेजेजको सहयोगमा विद्यालयमा गुनासो सुनुवाइ कार्यविधि बारे प्रशिक्षण गरिएको थियो । एजुकेसन पेजेजले जिल्लाको शुद्धोधन गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाका प्रअ र फोकल शिक्षकलाई प्रशिक्षण दिएको थियो । प्रशिक्षणपछि उजुरी व्यवस्थापन, अभिलेखीकरण, गोपनीयता राख्ने बारे जानकारी भएको प्रअ केसीले बताए ।

गुनासो सुनुवाइ समितिमा बाल क्लबबाट एक बालिकासहित दुई जनाको प्रतिनिधित्व हुन्छ । विद्यालयमा अहिले दुई स्थानमा गुनासो पेटिका राखिएको छ । त्यसमध्ये एउटा सुझाव पेटिका बालबालिकाको पायक पर्ने ठाउँमा राखिएको छ । ‘गुनासो पेटिका राख्दा कार्यालय अगाडि राख्न नहुने र कर्मचारीको नजर पर्ने ठाउँमा राख्न नहुने रैछ । शिक्षक एक्लैले खोल्न नहुने रैछ । हरेक साता खोल्नु पर्ने र गोपनीयता कायम गर्नु पर्ने रहेछ । तालिमपछि थाहा भयो,’ प्रअ केसीले भने ।

‘शिक्षकलाई सिँधै भन्न नसकिने, पढाई नभएका, शिक्षकले गरेका कमी कमजोरी गुनासो पेटिकामा हाल्न लागेपछि शिक्षकको व्यवहार समेत परिवर्तन भएको छ ।’ सरस्वती मावि सुन्दर बाल समूहका कोषाध्यक्ष रोजिना केसीले भनिन् ।

सुझाव पेटिका खोल्दा विद्यार्थी समेत सहभागी हुने र समस्या सुनुवाइ हुने गरेको कक्षा ९ मा अध्ययनरत सचिव कुमार आले बताउँछन् । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार गरेको कार्यविधिअनुसार पालिकाहरूले आफ्ना विद्यालयमा कार्यान्वयनमा ल्याउँदा बालबालिकाहरू लाभान्वित हुन थालेको र विद्यालयका सुरक्षित रूपमा गुणस्तरीय शिक्षा पाउने बालबालिकाको अधिकारमा सघाउ पुगेको एजुकेसनल पेजेजका कार्यकारी निर्देशक लवराज ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation