वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

भट्टराई : प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानमाथि भद्दा मजाकु गर्नुभयो

ताप्लेजुङ ।
नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले औपचारिक विदेश भ्रमणका बेला कुनै एक पार्टीको कार्यालयमा गएर प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय स्वाभिमानमाथि ‘भद्दा मजाक’ गरेको बताएका छन्।

उनले प्रधानमन्त्री देउवाको यो कार्यबाट नेपालीहरुको स्वाभिमान गिरेको पनि बताए। भारत भ्रमणका रहेका प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीको कार्यालयमा गएको विषय अहिले निकै चर्चामा छ।

प्रतिनिधिसभाका सांसद समेत रहेका उनले एमाले ताप्लेजुङले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कुटनीतिक मर्यादा बिर्सेर यो कार्यले मुलुकको स्वाभिमानमाथि गम्भिर आँच पुगेको बताए।

गठबन्धनका नाममा बनेको सरकार देश र जनताको शीर ठाडो पार्न नभएर निहुर्‍याउन लागि परेको उनको भनाइ थियो। भट्टराईले लोकतन्त्र र नेपाली स्वाभिमानको रक्षाका लागि एमाले फेरी शक्तिमा आउनु अनिवार्य रहेको भन्दै त्यसका लागि हिम्मत कसेर चुनावी मैदानमा जान अगुवा कार्यकर्तालाई आग्रह गरे।

गठबन्धनले सरकारको साँचो हातमा लिएदेखि नै मुलुकको अर्थतन्त्र डामाडोल बनेको, महंगीले चरम सीमा नाघेको, रेमिट्यान्स घटेको जस्ता आरोप समेत उनले लगाए।

कांग्रेससंग चुनावी समिकरण गर्न तयार देखिएको माओवादी केन्द्रप्रति लक्षित गर्दै उनले भने ‘के कांग्रेससंगको समिकरणले तपाईंहरुको समाजवादी यात्रा पूरा गर्छरु द्धन्दकालमा टाउकाको मूल्य तोक्नेसंग समिकरण गर्न तयार देखिदाँ तपाइँहरुले टाउकाको मूल्य पाइसक्नु भएको होरुु भट्टराईको थप प्रश्न थियो। भेलालाई पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation