दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

कुकुरले शव ल्याएको विषयमा अनुसन्धान गर्न अस्पतालको अनुरोध

सुर्खेत ।
प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ । कुकुरले नवजात शिशुको शव च्यापेको फोटो आज शनिवार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले घटनामा आफ्नो लापर्बाही नभएको प्रष्टीकरण दिएको हो । अस्पतालले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरिसकेको जनाएको छ ।

अस्पतालका प्रवक्ता डा। विकास केसीले कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन सुरु गरेको जानकारी दिनुभयो । डा केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सीसीटीभी फुटेज हेर्दा अस्पतालको उत्तरतर्फको झाडी भएको क्षेत्रबाट बिहान साढे ७ बजेतिर कुकुरले मृत शिशु च्यापी अस्पतालमा प्रवेश गरेको देखिन्छ ।’

नवजात शिशुको रेकर्ड हेर्दा विगत एक हप्तादेखि दुई जनाको मात्र मृत्यु भएको र ती शव आ–आफ्नो संस्कारअनुसार अन्त्येष्टि गर्न अभिभावकलाई जिम्मा लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

आज बिहान अस्पताल भर्ना भएका एक बिरामीका कुरुवाले तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नासाथ अस्पतालको लापर्बाही भन्दै टिप्पणी भएको थियो । कुकुरले टाउको नभएको शिशुको शव च्यापेर हिँडिरहेको देखेपछि अस्पतालका सुरक्षा गार्डले कुकुरबाट त्यो शव खोसेका थिए । प्रसूति वार्डबाटै कुकुरले शिशु लिएको अपवाह फैलाइएको भन्दै अस्पताल प्रशासनले आपत्ति जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation