हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

स्थानिय निर्वाचनको लागी कपिलवस्तुमा ५ दलको संयोजन समिति

कपिलवस्तु ।
केन्द्रीय निर्देशन अनुसारको ५ दलिय संयोजन समिति कपिलवस्तुमा निर्माण गरिएको छ ।आउने बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागि कपिलवस्तुमा सत्तारुढ दल बिच गठबन्धनकालागि ५ दलीय संम्यन्त्र निर्माण गरिएको हो ।

कपिलवस्तुको तौलिहवामा नेपाली कांग्रेसको पार्टी कार्यालयमा पाच दलका नेताहरुको बैठकले कांग्रेस जिल्ला सभापति अब्दुल कलाम खा अध्यक्षतामा ५ सदस्यीय संम्य्रन्त्र गठन गरिएको हो । सो संम्यन्त्रमा नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र शाह, जनता समाजबादी पार्टी नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, एकीकृत समाजबादी पार्टीका जिल्ला अध्यक्ष लंक बहादुर हमाल र राष्ट्रिय जनमार्चाका जिल्ला अध्यक्ष दधीराम आचार्य सदस्य छन ।

जिल्लामा रहेको पाच पार्टीको केन्द्रिय र जिल्ला स्तीयर नेता बैठकमा सहभागी थिए । केन्द्रिय कार्य समितिले गठबन्धका बिषयमा गरेका परिपत्र अनुसार संयन्त्र निर्माण गरिएको कांग्रेस जिल्ला अध्यक्ष तथा संयन्त्रका अध्यक्ष कलामले बताए । बैठकमा १० पालिकामा आ – आफनो दलको अवस्था, एमालेमा सांसद बृजशे कुमारको समुह प्रबेश गरे पछि त्यसले पारेको प्रभाव लगायतका निर्वाचन केन्द्रित बिषयबस्तुहरु छलफल गरिएको कांग्रेस नेता दीप कुमार उपाध्ययाले बताए ।

जिल्लामा कुन दलका के हैसियत छ त्यस बारे सामान्य छलफल गरी बैशाख २१ गते दिउसो ३ बजे संयन्त्रको अर्को बैठक बस्ने जनाइएको छ । बैठकमा कांग्रेस पुर्व केन्द्रिय सदस्य राजेश सिंह, कांग्रेस पुर्व जिल्ला सभापति सुधाकर पाण्डे नेता कमलेश कुमार शर्मा, क्षेत्रीय अध्यक्ष केशव कुमार श्रेष्ठ, माओबादी केन्द्रका नेता कमल चुदाली, एकीकृत समाजबादीका केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्री र जिल्ला सचिवालय सदस्य सरोज पौडल, जनता समाजबादीका केन्द्रिय सदस्य नारायण खनाल र प्रदेश सह अध्यक्ष अब्दुल रसिद खा, राष्ट्रि जनमार्चाका नेता शिव पौडेल लगातयका सहभागीता थियो । कपिलवस्तुमा २०७४ को निर्वाचनमा कांग्रेसले ६, एमालेले २, जनना समाजबादी पार्टीले २ तहमा प्रमुख जितेको थियोे ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation