भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

एकल वृद्ध

(लघुकथा)
✍️ आचार्य प्रभा

“सुष्मा, बुवालाई के भएछ ? बोल्दा पनि बोल्नु हुन्न । मुखै निन्याउरो छ ।” – रविनले श्रीमतीलाई सोध्यो । सुष्माले भनी – म के जानूँ ? सासू भए पो सोध्नु ? ‘‘होइन सासू न ससुरा, के फरक पर्छ ! बिरामी हुनु भा हो कि ? केही चाहिएको थियो कि ? त्यति सोध्न त सकिन्छ नि !’’
‘ म सक्दिनँ ।’ – फेरि सन्की सुष्मा ।
रविन मौन बन्छ र बाको कोठामा पस्छ । बा आँखा बन्द गरेर ढल्किरहेका हुन्छन् । उसले बालाई सोध्छ –” बुवा, हजुरलाई सञ्चो छैन कि क्या हो ? ”
बुवाले आँखा खोल्छन् र छोरालाई हेर्दै भन्छन् – “शरीर सञ्चै छ तर मन बिसञ्चो छ ।”
” किन के भो ? मलाई भन्नु न ! “– रविनले आग्रह गर्छ ।
” के भो भन्नु ? बाबु ! तँ पनि घरमा बस्न पाउँदैनस् । बुहारी मेरो छेउमै पर्न धक मान्छिन् । छोरी र बुहारीमा फरक हुन्न जस्तो लाग्थ्यो तर मेरो सोंच गलत रैछ । आज मेरो अप्रेशन गरेको ठाउँ निक्कै दुख्यो । औषधि निक्र्यौल गरेर खान सकिनँ । बुहारीलाई कति पटक बोलाएँ । सुने नसुने जस्ती गरिन् अनि घाउभन्दा मनै झन् दुख्यो । ” -बुवाको कुरा सुनेर रविनलाई नमिठो लाग्यो । बुवाको कोठाबाट निस्कियो र कोठामा गएर सुष्मालाई भन्यो – ‘सुष्मा बुवाले बोलाउँदा तिमीले किन नसुनेकी ? बुवालाई अप्रेशन गरेको ठाउँ दुखेको रहेछ । अरू केही गर्न नसके गएर सोध्न त सक्थ्यौ !”
सुष्मालाई भाउन्न छुट्यो र मुख पड्काई –” के मैले बुवाको अप्रेशन गरेको ठाउँमा हेरूँ त ?’’ रविनले भन्यो– “तिमीले सोधेर औषधि दिन त सक्थ्यौ !’ सुष्मा फत्फताउन थाली –” यही त अप्ठ्यारो ! बरू राँडी सासु पाल्न सजिलो । स्वास्नी नभाका राँडो ससुरासँग बस्नै अप्ठ्यारो ।”
” सुष्मा, तिमी मनपरी नबोल । मेरो बुवाले तिमीलाई त्यस्तो के गर्नु भो ?” – रविन जङ्गियो । कोठाबाट बुवाले छोराबुहारीको तर्क सुनेपछि, भित्तामा टाँगिएको पत्नीको तस्वीर हेर्दै तर्र आँसु बगाउँदै भने – “लक्ष्मी बरु म अघि गएको भए मैले यस्तो जवाफ त सुन्नु पर्दैनथ्यो ।”

– अमेरिका (वासिगङ्टन डिसी)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation