लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

एक सय गाउँ नमुना बनाउने याेजना : प्रमुख कलाम

राम अवतार चाैधरी
कपिलवस्तु,

कपिलवस्तुको महाराजगन्ज नगरप्रमुख अब्दुल कलामले कतिपय पालिकाका जनप्रतिनिधिहरू विकासको बाधक भएको उदाहरण दिँदै महाराजगन्जमा त्यस्तै नभएको बताएका छन् । जिल्लाको शिवराज नगरपालिका-३, खरेन्द्रपुर सुपादेउराली रिसाेर्टमा शनिबार आयाेजित नगरका जनप्रतिनिधि तथा कर्मचारी सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताए ।

५ वर्षको अवधिमा विवादरहित नगरपालिकाको रूपमा चिनाउन सफल भएकोमा सम्पूर्ण जनप्रनिधिहरुलाई धन्यवाद दिए । नगरप्रमुख कलामले नगरले गरेका विकासका कामको बारेमा चर्चा गर्दै ५ वर्ष अघिको महाराजगन्ज नगर अहिलेको महाराजगन्ज तुलना गर्न आग्रह गरे ।

नगरमा रहेका एक सय गाउँ किचड मुक्त बनाउने अभियान सुरु गरेको बताउँदै उनले भने : `गाउँ पुग्ने र गाउँ भित्रका गल्लीहरू आरसिसी,पक्की लगायतका काम भइरहेको छ, प्रमुख कलामले भने : ‘गाउँ पुग्ने सडक समेत नभएका ठाउँहरूमा अहिले पक्की बाटो पुगेको छ´। कोभिडको बेला नगरका विद्यालयहरू क्वारेनटाइन तथा आइसलेसनको रूपमा प्रयोग गरेर आम नागरिकहरूलाई सहज वातावरण सिर्जना गरेको जिकिर गरे ।

स्वास्थ्य चौकीका भवनहरू निर्माण गरेर वर्थिङ सेन्टर,आर्वेद औषधालय लगायत अस्पतालहरू सञ्चालनमा रहेको बताए । १५ शय्याको अस्पतालको निर्माणको काम केही दिनमै सुरु हुने जनाउँदै अस्पताल निर्माण पश्चात् बुटवल, भैरहवा, तौलिहवा लगायतका ठाउँमा उपचारको लागि जानुपर्ने बाध्यता हट्ने प्रमुख कलामले बताए ।

नगरको सिवाभारीमा भारतीय दूतावासको सहयोगमा ४ करोडको लागतमा विद्यालय भवन निर्माण भएको बताए । दुई तले अत्याधुनिक भवन निर्माण भएको बताउँदै विद्यार्थीहरूलाई शिक्षण सिकाईमा सहजता आउने विश्वास समेत प्रमुख कलामले व्यक्त गरे ।

यसैबीच कार्यक्रममा बाेल्दै नगर उपप्रमुख सुभावती कुर्मीले सम्मान कार्यक्रमले कर्मचारीहरूको मनोबल बढने बताइन् । नागरिकहरूको सेवामा खटिएका जनप्रनिधिहरुलाई सम्मान गरिएको बताउँदै विगत ५ वर्षको अवधिमा उल्लेखनीय काम गरेकोमा सबैलाई धन्यवाद दिइन् । उक्त कार्यक्रमका केही समय नगरले गरेका गतिविधिहरूको भिडियो सामग्री समेत देखाइएको थियो ।

स्थानीय तहको निर्वाचन नजिकिए सँगै २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई नगरप्रमुख अब्दुल कलामले नगरको विकासमा सहयोग गरेको भन्दै सम्मान पत्रले सम्मान गरेका थिए । नगरपालिकामा कार्यरत ३५ जना कर्मचारी र ५८ जना जनप्रनिधिहरुलाई सम्मान पत्र, दोसल्ला र नगदले सम्मान गरिएको नगरपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation