चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने                
समाचार :

बिगुल सहकारीको १० औँ साधारणसभा सम्पन्न

राम अवतार चाैधरी
कपिलवस्तु,

बिगुल बचत तथा ऋण सहकारी संस्थाकाे १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नम्बर-३, मदवामा अवस्थित सहकारीले नागरिकहरुलाई सहज रुपमा कर्जा उपलब्धसँगै सामाजिक कामहरु गरिरहेको भन्दै प्रंशसा गरिएको आयाेजकले जनाएको छ । 

लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले साधारणसभालाई सम्बाेधन गर्दै सहकारीले समाज बदल्नमा महत्वपुर्ण भुमिका खेल्ने बताए । समाजमा छरिएर रहेका रकमलाई संकलन गरि नागरिकहरुलाई नै उपलब्ध गराउने गरेको बताए ।

दश वर्षको अवधिमा सहकारीले करोडौँको काराेबार गर्न सफल भएको बताउँदै सामाजिक कृयाकलाप गर्न उनले सुझाए । सहकारीका सदस्यहरुलाई क्षमता वृद्धि तथा आत्मनिर्भर बनाउन सीपमुलक तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । कोभिडका कारणले अर्थतन्त्रमा केहि समस्याहरु निम्तीएकोले बिस्तारै सहजता हुँदै जाने केसीले बताए । 

शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले सहकारीले बचत र ऋणको मात्र काम गर्न नहुने बताईन् । कृषिमा आत्मनिर्भर बनाउनुपर्ने बताउँदै नगरले आफ्ना नागरिकहरुलाई सहज रुपमा अनुदान लगाएतका कामहरु गरिरहेको जनाइन् । सहकारीलाई व्यवस्थित रुपमा संचालन गर्नुपर्ने बताउँदै नगरको विकासमा सहकारीहरुको भुमिका महत्पूर्ण हुने जनाइन् । m

त्यसैगरी कार्यक्रममा वडा अध्यक्ष टेकलाल सापकोटाले वडाका सबै क्षेत्रमा सहकारीहरु स्थापना भएकोले सहकारीले नागरिकहरुलाई बचत गर्ने बानि बसाल्ने गरेको बताए । सबै क्षेत्रको विकासको लागि शिक्षा अति आवश्यक रहेकोले वडाले हरेक वर्ष शिक्षामा जोड दिएर कामहरु गरिरहेको जनाए । यसैबीच व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले छोटो समयमा बिगुल सहकारीले राम्रो उलपब्धि हासिल गरेको बताए ।

सहकारीले ३ करोड ८३ लाख बरावरको कारोबार गरेको व्यवस्थापक ज्ञान बहादुर जिसीले जानकारी दिए । गत वर्ष कोरोना कारणले सहकारी संचालनमा केहि असहजता भएको उनले बताए । सहकारीका अध्यक्ष नर बहादुर पौडेल, उपाध्यक्ष कोपिला न्यौपाने र बेलसिह रावत लगायतले सम्बाेधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation