हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदै:मेयर सहित हजारौं कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने

विराटनगर  । नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाको मेयर दीलिपकुमार अग्रवाल आज एमाले प्रवेश गर्दै हुनुहुन्छ । मेयर अग्रवाललाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदै हुनुहुन्छ ।

अग्रवालसँगै हजारौँ नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लागेको मोरङ एमालेले जनाएको छ । एमाले प्रवेश गर्न लागेपछि हिजो माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो ।

माओवादीले उहाँलाई पार्टीबाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।तत्कालीन नेकपा विभाजनसँगै अग्रवाल केपी ओली पक्षसँग नजिकिनु भएको थियो । रंगेलीको मेयर निर्वाचित हुनुअघि अग्रवाल राजनीतिमा सक्रिय हुनुभएको थिएन ।

मोरङमा पछिल्लो समय एमाले प्रबेश गर्नेको लहर नै चलेको छ ।एमाले मोरङले जिल्लाका सबै वडाका टोल टोलमा पार्टी कमिटी गठन गर्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation