


अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँ पालिका अध्यक्ष कप रनिङ शिल्ड भलिबल तथा क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबार देखि गाउँ पालिकाको राताप्रोख्रामा रहेको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा भुसालले खेलको शुभकामना दिए । उनले पालिकामा प्रत्येक वर्ष संचालन हुने अध्यक्ष कप प्रतियोगितामा आफु सहभागी भएको बताउदै यश पालिकाले खेलकुदको क्षेत्रमा अतुलनीय सफलता हासिलको शुभकामना समेत दिए ।
गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले गाउँपालिकाले खेलकुद क्षेत्रमा लाग्न चाहेका युवाहरूका लागि सधै प्रतियोगिताको आयोजना गरेको जानकारी दिदै आगामी दिनहरुमा पनि गाउँ पालिकाले यस्ता प्रकारका खेलहरु आयोजना गर्ने जानकारी दिए । । पोख्रेलले खेल क्षेत्रमा लाग्न चाहेका युवायुवतीहरुलाई गाउँपालिकाले विभिन्न वडाहरुमा खेल मैदान, कबर्ड हल, जीम हाउस निमार्ण गरिएको समेत जानकारी दिए । अध्यक्ष पोख्रेल गाउँपालिको विकासको लागि सदैव लागिरहेको बताउदै आगामी दिनमा पनि लाग्ने बताए ।
यस्तै उनले अब आफ्नो कार्याकाल सकिन लागेको भएपनि समग्र पालिकाको बिकासको लागि आफु पदमा हुँदा होस् वा नहुदा सधै विकासको पक्षमा रहेको बताए । उनले अब आउने जनप्रतिनिधीलाई गाउँपालिको विकासको लागि काम गर्न आग्रह गरे ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले गाउँ पालिकाले राताप्रोख्रा खेल मैदान निमार्णको लागि प्रत्येक वर्ष बजेट विनियोजन गरिएको जानकारी दिदै आगामी वर्ष पनि बजेट विनियोजन गरी खेलमैदानको स्तोरउन्नती गर्ने बताए ।
कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका पुर्व अध्यक्ष सिद्वि प्रसाद भुसालले नेपाल खेलकुद क्षेत्रको प्रचुर सम्भावना बोकेको मुलुक रहता पनि विभिन्न समस्षाका कारण खेल क्षेत्रमा प्रगती हुन नसकेको बताउदै खेल क्षेत्रमा सरकारवालाको विषेश ध्यान जान जरुरी रहेको जिकिर गरे । यस्तै उनले छत्रदेव गाउँपालिकाले खेल क्षेत्रमा देखाएको चासो प्रति विषेश धन्यवाद दिदै खेलाडीहरुलाई सफलताको शुभकामना दिए ।
उदघाटन समारोहमा विभिन्न पार्टीका पालिका प्रमुखहरु, वार्ड अध्यक्षहरु, सुरक्षा कर्मिका प्रमुख तथा प्रतिनिधीहरु तथा पत्रकार महासघका कोषाध्यक्ष रुद्रमणी भुसालले मन्तव्य राखेका थिए । यस्तै उदघाटन समारोहमा उपस्थित अतिथिहरुलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रम छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षता, पालिका उपाध्यक्ष तुल्सा देवी श्रेष्ठको स्वागत मन्तव्य तथा वडा नं। ५ का वडा अध्यक्ष कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।