वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

विजयनगर अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न

विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा चैत्र १० गते देखि सुरु भएको अध्यक्ष कप सम्पन्न भएको छ । महिला तथा पुरुष खुल्ला फुटबल भलिबल प्रतियोगिताको शनिबार समापन भएको हो ।

अध्यक्ष कप प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गाउँपालिकाअध्यक्ष गोपाल थापाले भव्य र सभ्य रुपमा खेल सम्पन्न गराउन सफल भएकोमा आयोजक विजयनगर युवा क्लबलाई धन्यवाद व्यक्त गर्नु भयो । विभिन्न ठाउँ बाट खेलमा सहभागि भई अनुशासित रुपमा खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत थापाले धन्यवाद दिनु भयो ।

खेल हो प्रतिस्पर्धामा हार जित भइ नै हाल्छ , आज हारे भन्दैमा खेल्न छोड्ने र जित भन्दै घमण्ड नगरेर खेललाई निरन्तता दिनु पर्ने अध्यक्ष थापाले बताउनु भयो । खेलाडी राष्ट्रका गहना भएकाले यस्ता किसिमका प्रतिस्पर्धा र प्रतियोगिताले खेलाडीलाई खेलमा अझ निखारता ल्याउन मद्दत गर्ने उहाँले बताउनु भयो । प्रतियोगितामा प्रथम द्धितिय र तृतिय स्थान प्राप्त गर्ने खेलाडीहरुलाई उहाँले बधाइ समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष कप खेलकुद प्रतियोगितामा पुरुष फुटबल तर्फ जयबुद्ध युवा क्लब शिवराज १ काफखुट्टा प्रथम, गोल्डेन स्टार युवा क्लब शिवराज ९ बानियाभार दोस्रो, राइजिङ्ग स्टार युवा क्लब लोहोरौला तेस्रो भएका छन । महिला तर्फ विजयनगर युवा क्लब प्रथम र जयबुद्ध युवा क्लब उपविजेता भएको छ ।

भविबल प्रतियोगिता तर्फ शितगंगा युवा क्लब प्रथम,विजयनगर युवा क्लब दोस्रो र शिवराज भलिबल क्लब तेस्रो भएका छन । फुटबल पुरुष तर्फ शिल्ड मेडल प्रमाण पत्र सहित नगद प्रथम द्धितिय र तृतियलाई रु।५० हजार, ३१ हजार र १५ हजार प्राप्त गरेका छन भने महिला तर्फ रु ३० हजार र १५ हजार नगद सहित शिल्ड मेडल प्रमाण पत्र प्राप्त गरेका छन ।

भविलब तर्फ प्रथम द्धिति र तृतिय हुने टिमले नगद रु।२५हजार ,१५ हजार , ८हजार शिल्ड मेडल प्रमाण पत्र प्रदान गरिएको आयोजक विजय नगर युवा क्लबका अध्यक्ष दिपेन्द्र महराले बताउनु भयो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation