हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

एमाले सिंगो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश

रुकुम पूर्व ।
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ मा एमालेको वडा कमिटीनै मा‍ओदीमा लागेको छ । राससका अनुसार यसअघि विवादका कारण एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो ।

अहिले त्यहीँ सिङ्गो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय सदस्य एवं रुकुम पूर्वका इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए । उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेको वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्य टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ बुढा, सन्तोष पुन, सूर्यमान पुन, भरण विक, धनलब बुढा रहेका छन् ।

उनीहरू सबैलाई जिल्ला इन्चार्ज ओली र पार्टी गाउँ सङ्गठन समितिका इन्चार्ज जिताराम कामीले फूलमाला, अविर तथा खादा ओढाएर पार्टी प्रवेश गराएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation