हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

पेट्रोल पम्पमा आज पनि लाइन, निगम भन्छ : आत्तिनु पर्दैन, अब सजिलै तेल पाइन्छ

काठमाण्डौ ।
आज पनि काठमाण्डौ उपत्यकाका पेट्रोल पम्ममा उपभोक्ताको लामो लाइन छ । पेट्रोलियम पदार्थको अभाव हुने हो कि भन्ने डरले बिहानैदेखि पेट्रोलपम्पमा उपभोक्ता लाइन बस्न पुगेका हुन् । तर नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको अभाव नभएकाले लाइनमा नबस्न आग्रह गरेको छ ।

देशभरका डिपोहरु खुला गरिसकेको र ढुवानी सुरु भएकाले अब सजिलै पेट्रोलियम पदार्थ पाइने निगमका प्रवक्ता विनितमणि उपाध्यायले उज्यालोसँग भन्नुभयो । उहाँले आत्तिएर पेट्रोलियम पदार्थको सञ्चिती नगर्न पनि आग्रह गर्नु भएको छ ।

उहाँले भन्नुभयो, ‘दुई दिन व्यवसायीले ढुवानी नगर्दा केही समस्या देखिएको हो, तर आजैदेखि ढुवानी थालिएकाले अहिले केही समस्या भए पनि बेलुकादेखि आपूर्ति र वितरण सहज हुनेछ, तेल सञ्चिती गर्नकै लागि पेट्रोल पम्पमा लाइन नबसौँ ।’

दुई दिनसम्म पेट्रोलको ढुवानी नभएकाले अहिले केही पेट्रोल पम्पमा तेल अभाव भएको हुने सक्ने भन्दै उहाँले बेलुकादेखि त्यो अवस्था हट्ने दाबी गर्नु भएको हो । हिजो बेलुका नेपाल आयल निगम र आन्दोलनरत ढुवानी व्यवसायीबीच सहमति भएसँगै आजदेखि पेट्रोलियम पदार्थको कोरोबार नियमित भएको छ । सहमतिसँगै आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम स्थगित गरेका छन् ।

पेट्रोलियम पदार्थका उपभोक्तालाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो खुला गरिएको छ । अहिले देशभर दैनिक २५ लाख लिटर पेट्रोलको माग रहेको छ भने ७० लाख लिटर डिजेलको माग रहेको छ । माग भन्दा ८० प्रतिशत बढी तेल मौज्दात रहेकाले नआत्तिन निगमले आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation