लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

टि–२० सिरिजको उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

काठमाडौं ।
त्रिकोणात्मक टि–२० सिरिजको उपाधिका लागि आज घरेलु टोली नेपाल र पपुवा न्युगिनी पिएनजीबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

पिएनजी, मलेसिया सम्मिलित सिरिजमा अपराजित रहँदै नेपाल फाइनल पुगेको हो। समान ४ खेलमा १–१ खेल जितेका मलेसिया र पिएनजीको २ अंक छ तर नेटरनरेटमा अगाडी रहँदै पिएनजीले नेपालसँगको भेट पक्का गरेको हो।

सिरिज अन्तर्गत पहिलो खेलमा पिएनजीलाई १५ रनले हराएको नेपालले दोस्रो खेलमा ३७ रनको जित निकालेको थियो। यस्तै नेपालले मलेसियाविरुद्धको पहिलो खेलमा ६ विकेट र पहिलो खेलमा ८५ रनको जित निकालेको थियो।

पिएनजीले भने निर्णायक खेलमा मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो। यसअघि पिएनजीसँगै भएको दुई खेलको एक दिवसिय सिरिजमा नेपाल दुवै खेलमा पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation