दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

अर्घाखाँचीमा हालसम्म ३ हजार ६ सय १८ उद्योग दर्ता

अर्घाखाँची ।
अर्घाखाँचीमा हाल सम्म घरेलु तथा साना उद्योग कार्यालय ३ हजार ६ सय १८ उद्योग दर्ता भएका छन। जसमध्ये यो आर्थिक वर्षमा १ सय ५९ वटा उद्योग दर्ता भएका छन,भने ८ वटा खारेजी,४ वटा नविकरण भएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले जानकारी दिनुभएको छ ।

आइतवार सदरमुकाम सन्धिखर्कमा लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले राखेको उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम कार्यालय कार्यालयको प्रगति विवरण प्रस्तुत गर्दा प्रमुख खनालले जानकारी दिनुभएको हो ।

उद्योगी व्यवसायीहरुले कोरोना पछिको समयमा अधिकामश व्यवसाय धरासयमा परेको त्यसमा पनि सरकारले राजेश्वमा छुट नदिएको,काठ बिक्रीको लागि भ्याट दिदा समेत काठ बिक्री गर्न सहज नभएको र बजार अनुगन गर्नुभन्दा पहिलो सचेतना कार्यक्रम ल्याउनु पर्ने,सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने लगायतका समस्या राखेका थिए।

लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयल महाशाखा प्रमुख गौतम भण्डारीका अनुसार समस्या समधानको लागि मन्त्रालय लागि पर्ने बताउनुभएको थियो ।अहिले लुम्बिनी प्रदेशका अधिकामश जिल्लामा उद्योगी व्यवसायीहरुका समस्या संकलनको काम भईरहेका समेत मन्त्रालयका सचिव हेमराज सुवेदीले बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष तथा मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य,उद्योग वाणिज्य संघ अर्घाखाँचीका बरिष्ठ उपाध्यक्ष नेत्र भुसाल,चेम्बर अफ कर्मशका अध्यक्ष अशोक श्रेष्ठ,होटल व्यवसायीका अध्यक्ष मोहन सिंह ठकुरी लगायतको सहभागीता रहेको कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालको संचालनमा सम्पन्न भएको हो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation