दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा नेपालको चुच्चे नक्सै गायब

काठमाडौं ।
भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ । नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि सरकारको चरित्र उदांगो भएको छ ।

सरकारले नेपाली दूतावासमा चुच्चे नक्सा गायब पारेको विषयलाई गम्भीरतापूर्वक लिएको छैन । अहिले दूतावासमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको पुरानै नक्सा टाँसिएको छ । जबकि केही समयअघिसम्म मात्रै भारतस्थित नेपाली दूतावासका सबै कोठामा चुच्चे नक्सा थियो ।

प्र्र्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला नयाँ दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा नदेखिएपछि राजनीतिक दलले आपत्ति जनाउँदै कर्मचारीलाई कारबाही माग गरेका छन् ।

लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको चुच्चे नक्सा दूतावासमा नदेखिनु गम्भीर आपत्तिको विषय भएको दलका नेता औंल्याउँछन् । – राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation