हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

श्रमिक महिलाहरुको श्रममा उचित मुल्याङकन हुनुपर्नेमा जोड पार्वती आचार्य

पार्वती आचार्य कपिलवस्तु ।
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले श्रमिक महिला दिदिबहिनीहरुको श्रममा उचित मुल्याङकन र सम्मान हुनुपर्ने बताउनु भएको छ । बाणगंगा नगरपालिकाले आयोजना गरेको ११२ औ ंअन्तराष्ट्रिय महिला श्रमिक दिवस कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । आधा आकास छोपेका महिलामाथि हुने सबै किसिमका विभेदलाई न्युनिकरण गर्न सबै लाग्नुपर्ने बताउनु भयो । जब सम्म महिलाको सम्मान श्रमको उचित मूल्यांकन हुँदैन तब सम्म सभ्य समाज निर्माण नहुने भएको बताउँदै हरेक क्षेत्रमा महिलाहरुको नेतृत्व हुन आवश्यक भएको बताउनु भयो ।
यसैगरी जिल्ला समन्वय समितिका उपप्रमुख तारावती चौधरीले लौङिग समानता ल्याउन छोराछोरीलाई सम्मान व्यवहार गर्नु पर्ने बताउनु भयो । भाषाणमा भन्दा पनि काम गरेर व्यवहारमा देखाउनु पर्ने बताउँदै महिलाहरु अधिकारको लागि आत्मबल बढाएर अगाडी बढ्नुपर्ने बताउनु भयो । समाजमा घटेका बिभिन्न हिंसाका घटनाहरुलाई न्युनिकरण गर्न सके सामाजिक न्याय र लैगिंक समानताको सार्थकता हुने चौधरीले बताउनु भयो ।
उक्त कार्यक्रममा उपप्रमुख चक्रपाणी अर्याल, शिक्षा शाखा प्रमुख वाबुराम भट्टराई ,नेपाली काङग्रेस नगर उपसभापति रमेश चन्द्र भुसाल, जनमोर्चा पाटी नगर कमिटी प्रतिनिधि राम प्रसाद बेल्वासे, सिद्धार्थ सामाजिक बिकास केन्द्रका पुर्व अध्यक्ष तेज प्रसाद आचार्य, संचारीका समुह जिल्ला अध्यक्ष तथा इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्य, मेचिमाहाकाली बुहारी सयुतm अवाज कपिलवस्तु जिल्ला संयोजक चन्द्रा अर्याल, नागरिक समाजका जिल्ला सदस्य मिना राना मगर, महिला अधिकारकर्मी विष्णु मल्ल लगाएतले श्रमिक महिला दिवसको शुभकामना दिंदै श्रमिक महिलाहरुको श्रमको मूल्यांकन हुनुपर्नेमा जोड दिएका छन् । साथै महिलाहरुले आफ्नो हक हितकालागि आवाज उठाउन सके शारिरीक , मानसिक , आर्थिक , सांस्कृतिक र राजनितीक लगाएतका क्षेत्रमा हिंसा भोग्न नपर्ने बताएका छन् ।
यसैगरी नगरपालिकाले नगरका ११ वटै वडाबाट उदाहरणीय काम गरेका १÷१ जना महिलाहरुलाई दोसल्लाह , नगद र सम्मान पत्रले सम्मान गरेको छ । सम्मानित हुने महिला कमला थापा मगरले नगरपालिकालाई धन्यवाद दिंदै सम्पुर्ण दिदी बहिनीहरुलाई कुनै न कुनै पेशामा लाग्न आग्रह गर्नु भयो । ३ वटा बंगुरबाट ब्यबसाय शुरु गरेकी थापाले अहिले ब्यबसायलाई बढाएर १ सय १५ वटा सम्म पु¥याएको बताउनु भयो ।
महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको हुन्छ । महिलाको अधिकार स्थापित गर्दै उनीहरुको सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासको लागि विश्वव्यापी रुपमा अन्तराष्ट्रिय महिला दिवस हरेक बर्ष मनाइने गरिन्छ । तर पनि महिलाहरु असुरक्षित रहेको सहभागिहरुको भनाई छ । अन्तराष्ट्रिय महिला दिवस चेतनशील नारिहरुको मात्र अभिभारा नभई समाज राज्यको नारी मुक्ति प्रतिको गहन जिम्मेवारी हो ।
कार्यक्रम मेयर मंगल प्रसाद थारुको अध्यक्षता, वडा नम्बर १ का वडा अध्यक्ष तथा महिला तथा बालबालिका संयोजक बालकुमारी पन्थ अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख सुशिला पन्थले गर्नु भएको थियो ।
कार्यक्रममा नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरु , महिला शाखाका महिला बिकास सहायक निरिक्षकहरु , महिला अधिकारकर्मीहरु , सुरक्षाकर्मी , संचारकर्मी , बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगाएतको सहभागिता रहेको महिला तथा बालबालिका शाखाका सहायक महिला बिकास निरीक्षक हरिना गाहाले जजानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation