हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

निर्माणाधीन पुल भत्किँदा स्याङ्जामा आठ जना घाइते

स्याङ्जा ।
स्याङ्जाको चापाकोट नगरपालिका ८ मा पर्ने कालीगण्डकी नदीमा दामाचौर र रामपुर जोड्ने निर्माणाधीन पक्की पुल भत्किँदा आठ जना घाइते भएकाछन् । घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेम धनपटेल, बाराका २२ वर्षीय रामनिवासकुमार पटेल, हरिहरपुर ८ का २८ वर्षीय जितेन्द्र पटेल रहेका छन् ।

यस्तै, अन्य घाइते हुनेमा भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षी अनुपकुमार राव र गोरखामिरासन गाउँपालिकाका २३ वर्षीय सृजन परियार रहेको जिल्लाप्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

पुल निर्माणको क्रममा क्रेनले फलामको बिम माथि उचालेर जोड्ने क्रममा अचानक बिमसहित कामदारहरु खस्दा घाइते भएको अधिकारीले बताउनुभयो ।

घाइतेमध्ये बारा बस्ने २२ वर्षीय रामनिवास कुमार पटेल, भारत बिहार बस्ने २५ वर्षीय धनन्जयठाकुरको अवस्था गम्भीर रहेको र सबैको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation