हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

टी-ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले चुम्यो

काठमाडौं ।
घरेलु टोलीले नेपालले त्रिकोणात्मक टी -ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी पीएनजी लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो ।

यससँगै सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक सिरिजको उपाधि जितेको छ । यस्तै नेपालले अपराजित रहदै सिरिजको उपाधि जितेको छ ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो
पीएनजीका सेसे बाउले ५९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३८ बलमा १ चौका र ६ छक्का प्रहार गर्दा करण केसीको बलमा अविनास बोहराले क्याच गरे ।

यस्तै चार्ल्स अमिनीले १५, ओपनर असद भाला र लेगा सिएकाले समान ८/८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नेपालको जितमा दिपेन्द्र सिंह ऐरी नायक बने । उनले ब्याटिङमा अर्धशतक बनाउँदा बलिङमा समेत उत्कृष्ट प्रदर्शन गरे ।

पीएनजीको ब्याटिङ धरासायी बनाउन दिपेन्द्रले ४ विकेट हात पारे । उनले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट हात पारे । यस्तै करणले ३ र सन्दीप लामिछानेले २ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा अविजित ५ चौका प्रहार गर्दा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने ।

आक्रामक ब्याटिङ गरेका करण केसीले अविजित रहदै ३३ रन बनाए । उनले १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्कोर खडा गर्न मद्दत गरे ।

दिपेन्द्र र करणले अन्तिम २४ बलमा ५४ रन जोड्दै नेपाललाई राम्रो स्कोरमा पुर्याएका हुन् । यस्तै ओपनर कुशल भुर्तेल र आसिफ शेखले २५ र २९ रनको योगदान गरे । कुशलले २२ बलमा ५ चौका प्रहार गर्दा आसिफले २९ बलमा १ छक्का प्रहार गरे ।

नेपालले ११ ओभरमा २ विकेट गुमाएर ८२ रन बनाएको थियो । तर १२ औं ओभरमा विना कुनै रन जोड्दा नेपालले ३ विकेट गुमाएपछि पीएनजीले पकड जमाएको थियो । सेमो कमेअको ओभरमा नेपालले एक रन नजोडी ३ विकेट गुमाएको हो ।

आदील आलमले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दा १५ रन बनाएर आउट भए । पीएनजीका कमेअले आफ्नो ४ ओभर बलिङ गर्दै १ मेडेन राख्दै २८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै चाड सोपर, काबुअ मोरेय र रिले हेकुरेले समान १र१ विकेट लिए ।

पीएनजीविरुद्धको जितसँगै नेपालले टी-ट्वान्टी अन्तराष्ट्रियमा लगातार छैटौं खेल जित्न सफल भएको छ । गत महिना ओमानमा भएको टी(ट्वान्टी विश्वकप छनोटको अन्तिम खेलमा जित निकालेपछि नेपालले हार व्यहोरेको छैन।

यस्तै नेपालले पीएनजीविरुद्ध एकदिवसीय सिरिजमा व्यहोरेको हारको बदला समेत लिएको छ । पीएनजीले नेपालविरुद्धको एकदिवसीय सिरिज २-० ले क्लिन स्विप गरेको थियो ।

सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । मलेसिया र पपुवा न्युगिनी ९पीएनजी० भने तीन खेलमा पराजित हुँदा एक खेल जित्दै नेट रनरेटमा अघि रहदै पीएनजी फाइनल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation