


काठमाडौं ।
नेपालमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३३ जनामा संक्रमण पुष्टि भएको हो।
५ हजार ५९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। २ हजार ९४२ जनाको पिसिआर र २ हजार ११७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
अहिले देशभर ८ सय ४२ जना सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी पछिल्लो २४ घन्टामा ८९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।