महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने                
समाचार :

सासंद घिमिरे : समाजका हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउनु आवस्यक

उज्यालो आवाज, जितपुुर ।

राष्ट्रिय सभा सदस्य विमला घिमिरेले समाजका हरेक क्षेत्रमा महिलाको सहभागिता बढाएरै महिलाको बिकास गर्न सकिने बताउनु भएको छ । सिद्विपुर सामाजिक महिला विकास सस्थाको दास्रो वार्षिक साधारणसभा को कार्यक्रमलाइ प्रमुुख अतिथीको रुपमा सम्बोधन गर्दै सासंद घिमिरेले यस्तो बताउनु भएको हो ।

महिला अधिकारको लागी समाजमा स्थापना भएका संघ सस्थाले आफ्नो लक्ष्य र उद्देश्य बिर्सन नहुने बताउनु भएको थियो । महिला ससक्तीकरणको लागी समाजका हरेक तप्कामा महिलाको सहभागीता अत्याधिक गराउनु पर्नेमा उहाँले जोड दिनुभएको थियो । आफु जनप्रतिनिधि भएको हुनाले महिलाका अधिकार बचाउनको लागी अडिग रहने र सक्दो सहयोग गर्ने बाचा समेत गर्नुभएको थियो ।

त्यस्तै विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै वाडगंगा नगरपालिका की महिला तथा वालवालिका संयोजक एवं वाड न १ की अध्यक्ष वालकुमारी पन्तले नगरमा अहिले प्रमुख र उपप्रमुख पुरुष मात्र रहेकोले आफुले चाहेजती काम गर्न नसकेको बताउनु भएको थियो । पहिलो कार्यकालम के कार्यक्रम कसलाई दिने भनी अन्योल श्रीजना भएपनि त्यसले विभिन्न कुरा सिकाएो बताउँदै अबका दिनमा उचित कार्यक्रमलाइ उचित ढँगबाट अघि बढाउने प्रतिबद्धता ब्याक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा वोल्ने अतिथि एवम् महिला अधिकार कर्मिहरुले नेपालको वर्तमान संविधानले महिलाहरुलाई धेरै अधिकार प्रत्याभूत गरेको भएपनि त्योअझैपनि पुर्ण रुपमा ब्यावाहारमा प्रयोग नभएको बताएका थिए । पितृ सतात्मक सोच र व्यवस्थाको कारण अभै पनि महिलाहरु पछाडि परिरहेको अवस्थामा महिला शसक्तिकरणको लागि संस्था स्थापना हुनु, महिला लक्ष्यित कार्यक्रम गर्न सक्नु स्स्थाको प्रशंसनीय कार्यमा सदैव हातेमालो गर्दैअगाडि वढ्ने प्रतिवदता समेत ब्याक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा सस्थाका सचिब नमुना पौडेलले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिबेदन तथा आगामी कार्ययोजना सर्बसहमति बाट पारित भएको थियो ।

कार्यक्रममा महिला अधिकारकर्मि तथा संस्थाकी सल्लाहकार संयोजक सुर्यकुमारी शाहि, ईन्दिरा भट्टराई, चेतना अधिकािरी लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो । संस्थाकी सचिव नमुना पौडेलको संचालन तथा उपाध्यक्ष गिता पोख्रेलको स्वागत मन्तव्यमा सिद्वार्थ सामाजिक विकास केन्द्रको सभाहलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation