भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

प्रजिअ मिश्र : कपिलवस्तु वासीको सुरक्षाका लागि हरबखत तत्पर छुु

सुनिल आचार्य, कपिलवस्तु ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले लागु औषधले गर्दा पुस्ता नै सिद्धिने डर भएको बताएका छन । ईलाका प्रहरी कार्यालय पिपराको आयोजनामा शान्ति सुरक्षा र कानुन कार्यान्वय सम्बन्धि नागरिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । आफु भर्खर जिल्लामा नयाँ आएको बताउदै यहाँको जनताको सुरक्षाका लागि आफु हर बखत तत्पर रहेको बताए ।

नदीजन्य पदार्थ चोरी निकासीलाई नियन्तरण गर्न प्रहरी , प्रशासन, जनप्रतिनिधी , नागरिक समाज , पत्रकार समाजसेवी सबैको दायित्व भएको हुँदा यस बिषयमा सबै लाग्नुपर्ने बताए । जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको बिषयमा केही समस्या देखिए तुरुन्त जानकारी गराउन समेत आग्रह गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी उपरिक्षक दान बाहादुर कार्कीले सबै भन्दा धेरै लागुऔषध बोक्ने ब्यक्ती वाणगंगा नगरपालिका कै रहेको बताए । बलात्कार र बलात्कार प्रयासका घटनामा आफन्त र परिवार बाटै बढी देखिएको बताए ।

सवारी दुर्घटना एकदमै बढ्दै गएको हुँदा दुर्घटना न्युनिकरण गर्न पहिला आफूबाट नै सुध्रिनु पर्ने बताए । बिभिन्न हिंसाका कारण आत्म हत्याका घटनाहरु समेत बढ्दै आएको छ । साथै अभिभावकहरुले आफना छोराछोरीहरुले के गर्दै छन् बिद्यालय पुगेकी बगैंचाबाट नै फर्किए भन्ने बिषयमा अभिभावक सचेत हुनु पर्नेमा जोड दिए ।

कार्यक्रमका अध्यक्ष तथा वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले नगरपालिका अरु क्षेत्रमा गोल्ड मेडल प्राप्त गर्न सफल भए पनि लागु औषधमा ब्लाक मेडल पाउने सम्भावना भएको बताए । बिभिन्न हिंसाहरुलाई न्युनिकरण गर्न बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । बालमैत्री नगर घोषणा भएको नगरमा भगौरे बिवाहलाई रोक्न नसकिएको बताए । नदीजन्य पदार्थ चोरी निकासीमा जो कोहीलाई पनि नछोड्ने बताए ।

यस्तै उपमेयर चक्रपाणी अर्यालले भौतिक पुर्वधार विकास र राजनिति कुराले मात्रै नगर समृद्ध बन्न नसक्ने बताउदै लौङिग हिंसा, बलात्कार , लागुपदार्थ लगाएतका समस्याहरुलाई रोक्न सके समाज परिवतर्न हुने बताए । वडा नम्बर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले वडामा एक महिनामा ३ जना सवारी दुर्घटनामा गुमाउनु परेकोमा दुख व्यक्त गर्दै दुर्घटना न्युनिकरण अति आवश्यक रहेको बताए । नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पछाईले विद्यार्थीलाई शिक्षा मात्रै नभएर व्यवहार र सिप सँग सम्बन्धित बिषयहरु सिकाउनु पर्ने आवश्यक रहेको बताए ।

ईलाका प्रहरी कार्यालय पिपराको आयोजना तथा वडा नम्बर ११ को सहकार्यमा वाणगंगा नगरपालिका वडा नम्बर ११ मा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरुङ्ले कार्यक्रमको बारेमा जानकारी गराउदै नगरका ११ वडा र कपिलवस्तु नगरपालिकाका ९, १०, ११ वडा समेतका क्षेत्रमा आफुले हेर्दै आएको बताए ।

साथै प्रस्तुतमा नदिजन्य पदार्थ, सडक दुर्घटना, लागु औषध बरामद तथा पक्राउ विवरण, वन जङगल तथा वन्यजन्तु चोरी तस्करी, अबैध हातहतिर बरामद पक्राउ, जुवा तास नियन्त्रण तथा कारवाहि लगायतका कार्यका बिषयमा ईलाका प्रहरी कार्यालय पिपराले गरेको कामको बारेमा प्रमुख गुरुङ्ले जानकारी दिएका थिए । यस्तै नागरिक सुनुवाई कार्यक्रममा सहभागिले दुर्घटना न्युनिकरण, अबैध खाद्यन्य, नदिजन्य पदार्थ, महिला हिंसा, लागुपदार्थ लगायतका जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रममा शसस्त्र प्रहरी नायक उपरिक्षक गोपाल प्रसाद श्रेष्ठ, टोल बिकास संस्थाका पदाधिकारीहरु , पत्रकार महासंघ कपिलवस्तु शाखा उपाध्यक्ष हरि अधिकारी , इन्सेक प्रतिनिधी पार्वती आचार्य , नेपाल स्वयसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेल ,बिभिन्न बिद्यालयका प्रधानाध्यापक , स्थानिय बुद्धिजीवी, युवा, शिक्षक, विद्यार्थी , सुरक्षाकर्मी र पत्रकारहरुको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation