(कविता)
(छन्द – शार्दूलविक्रीडित)
तानाशाह विरुद्धको समर हो भन्दै कयौं होमिए
कप्टी मन्त्र सुनाउँदै नव युवा माटो खनी रोपिए ।
कालो रात जगाउने जहर नै नास्ने थियो चाहना
जो जो पूर्ण इमानमा रण गरे मात्रै रहे यादमा ।।६।
केही चङ्ख मनुष्यका लहडले आगो बल्यो देशमा
आए दुष्ट दलाल नै मुलुकको सत्ता लिए हातमा ।
खुल्ला अर्थ बजारको मखमली ल्याए गलैँचा जब
मात्रै पत्रु बजार भो विपुल यो नेपाल मेरो अब ।।७।।
फ्याक्ट्री बन्द भए ढले घरहरू पुर्जाहरू बेचिए
बस्थे आश्रयमा निरीह जनता मुग्लानमा खेदिए ।
माटो उर्बर जो थियो बदलियो आना तथा दाममा
मात्रै भक्तहरू पुगे महलमा समृद्धिको नाममा।।८।।
धेरै छन् दलमा बुढा शिरहरू सामन्तका काँचुली
रम्दै छन् छलमा चरी र गुइठे छन् भक्तका मण्डली ।
लाखौंको पसिना छ मस्त मदिरा चुस्छन् ठुला ठालुले
आँखा बन्द छ भक्तको फल मिठो खान्छन् सधै भालुले।।९।।
गाढा तान्न जुवा भिरेर उभिने साँढेहरू हो सुन
मिथ्या तर्क सुनेर धुर्त जनको चेला बनेको किन ?
लुक्छन् साँझ सुदूरमा रवि जसै ताराहरू आउछन्
जागे सज्जनका दिमाग त भने यो देश चम्काउनन्।।१०।।
– नुवाकोट