हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

लेटाङ घटनामा २० जनाविरूद्ध कर्तब्य ज्यान मुद्दा

विराटनगर ।
उत्तरी मोरङमो लेटाङ घटना प्रकरणमा प्रहरीले सोमबार २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा दायर गरेको छ । घटनामा संलग्न भाएको आशंकामा थप ४३ जनाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

लेटाङ ५ खेरुवास्थित शिक्षा माध्यामिक विद्यालयका शिक्षक विजय पौडेलले कक्षा ६ मा अध्यनतर एक बालिकालाई यौन दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई उत्तेजित भीडले आक्रमण गर्दा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही घटनामा संलग्न भएको पुष्टि गर्दै २० जनाविरुद्ध मोरङ प्रहरीले जिल्ला अदालतमा सोमबार कर्तब्य ज्यान मुद्दा दर्ता गरेर ४३ जनाविरूद्ध अभद्र व्यवहारमा म्याद थप गरेको हो ।

चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक महिला सहित २० जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरको हो ।

ज्यान मुद्दा पर्नेमा लेटाङ ५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्र कान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, १८ वर्षीय राम राई, १८वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदिप राई, १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय संजय मगर रहेका छन् ।

त्यसैगरी छिमेकी मिक्लाजुङ २ घर भई लेटाङ ५ मा बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ ५ का संजीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सनिल लिम्बु, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवविरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै संजोग राईसहित ४२ जना विरूद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।

पक्राउ परेकामध्ये १० जना विद्यार्थी छन् । अबको एक साताभित्रमा सबै अनुसन्धान पूरा गरी अदालतलाई मुद्दा जिम्मा दने तयारी भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको भनाइ छ ।

शिक्षकले छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपपछि चैत ६ गते मोरङको लेटाङस्थित शिक्षा विकास माध्यामिक विद्यालयमा हिंसा भड्किएको थियो । घटनामा महिला प्रहरी श्रेष्ठको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयले लेटाङमा चार दिन कर्फ्यू समेत लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation