हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नेपालगञ्ज विमानस्थलको हवाई जहाजमा खरायो ठोक्कियो

दाङ ।
नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो ।

जहाजमा खरायो ठोक्किएपछि केहीबेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध एयर नेपालगञ्जका व्यवस्थापक विनित शाहले बताए । जहाज ल्यान्ड हुनेबेला ठोक्किएको खरायोको मृत्यु भएको छ ।

नेपालगञ्ज विमानस्थलमा यसअघि पटक–पटक जहाजमा बँदेल ठोक्किएको थियो । बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो ।  धावनमार्ग नजिक रहेको झाडीमा जंगली जनावर रहेकाले विमानस्थलमा जनावर ठोक्किने जोखिम रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation