भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

चुनावमा ठूलो रकम खर्च गर्नेले ४ पटक सांसद जितेका गुप्तावाट सिक्ने पाठ

पार्वती पाण्डे ।
कपिलवस्तु २२ चैत्र ।नेकपा एमालेका केन्द्रीय नेता एवं पुर्व मन्त्री वृजेश कुमार गुप्ताले आफूले यसपाली समेत गरेर ४ पटक सासदमा चुनाव जितेपनि कहिल्यै खर्चिलो नबनाएको वताउनु भएको छ ।

आफूले सामान्य खर्च गरेको वताउदै अहिले सम्म चुनाव लड्न घरखेत वेच्ने , तस्कर र माफिया संग चनदा लिने जस्ता काम कहिल्यै नगरेको वताउदै कार्यकर्ताले सधैभरी आफ्नै खर्चमा पार्टीको काम गर्छन भने चुनावका बेला किन गर्न सक्दैनन रु भन्दै चुनाव सबैको साझा प्रतिष्ठाको विषय बनाउनु पर्ने वताउनु भयो । जितेका प्रतिनिधीपनि सबैका प्रिय हुनेगरी काम गरेमा पैसाको खेलो वगाएर जित्ने भन्ने नहुने स्पष्ट पान भयो ।

उहाले स्थानिय तहको निर्वाचनमा एमालेको जित सुनिश्चित हुने बताउनु भएको छ । सोमवार नेकपा एमाले कपिलवस्तु नगरपालिका वडा नं ९ वडा कमिटिको आयोजनामा जगदिशपुरमा भएको निर्वाचन सम्बन्धि प्रशिक्षण एवं पार्टी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेता गुप्ताले यस्तो बताउनु भएको हो ।एमाले जनताको शक्तिशाली पाटी भएकोले अन्य पाटीहरुले गठबन्धन गर्नु परेको जनाउदै एमाले भारीमतले विजय हुने उहाँले जनाउनु भयो । असल नेतालाई चुनाब लड्न पैसा खर्च गर्न नपर्ने उहाँले ठकुवा गर्नु भयो ।

आम जनता साथमा हुदा चुनाब लड्न ठुलो रकम नचाहिने नेता गुप्ताले प्रष्ट पार्नु भयो । कम्युनिष्टको आचरण बानी व्यवहार पनि परिवर्तन गर्नु पर्ने उहाँको धारणा थियो ।कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले विभिन्न पाटी परित्याग गरि एमालेमा आउनेको लहर चलेको बताउदै कपिलवस्तु यस पटक एमालेको लाल किल्ला बन्ने बताउनु भयो ।

उहाँले अगाडि भन्नु भयो , जनता हाम्रो साथमा छन, गठबन्धनको कुनै औचित्य छैन । नेता शर्माले जिल्लाका १० वटै पालिकामा उमेदवार सर्वसम्मत रुपले छनोट गरिने जनाउनु भयो । एमाले सरकारमा रहदा भएका महत्वपुर्ण काम लिएर जनताको घरदैलोमा जानु पर्ने उहाँको धारणा थियो ।

नगरको वडा न९ अत्यन्तै महत्वपुर्ण स्थल रहेकोले यसको विकास एमालेले मात्र गर्दै गएको जनाउनु भयो । वडाका अध्यक्ष रिसब पौडेलको अध्यक्षता , उपाध्यक्ष देवी पोख्रेलको स्वागत , सचिव विश्वराज पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य बाबुराम खनाल , हिरालाल पौडल , जिल्ला कमिटि सचिवालय सदस्य एवं निर्वाचन क्षेत्र नं १ क का संयोजक भेषराज पाण्डे लगायतले वर्तमान समसामयिक विषयमा बोल्नु भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता अनरुल्ला मुसलमान सहित १ सय जना एमालेमा प्रवेश गरेका छन । प्रवेशीहरुलाई केन्द्रीय नेता गुप्ता र जिल्ला अध्यक्ष शर्माले स्वागत गर्नु भएको थियो । सोमबार नै पाटीको सम्पर्क कार्यालय जगदिशपुर वजारमा उद्घाटन गरिएको छ ।

केन्द्रीय नेता गुप्ता र जिल्ला अध्यक्ष शर्माले कार्यालय उद्घाटन गर्नु भएको जिल्ला कमिटि सदस्य एवं वडा इन्चार्ज पार्वती पाण्डेले जानकारी दिनु भयो । कार्यक्रममा सयौं कार्यकर्ताहरुको सक्रिय सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation