लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

गायिका शोभा कार्कि र गायक प्रविन सापकोटाको आवाजमा ‘पोखरामा सेती’ सार्वजनिक

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा प्रिसा म्युजिक सोलुशनको प्रस्तुतिमा रहेको नयाँ लोक दोहोरी गित ‘पोखरामा सेती’ गितको अफिसियल म्युजिक भिडियो भखर्रै डिजिटल बजारमा रिलिज भएको छ ।

चर्चित लोक दोहोरी गायिका शोभा कार्कि र लोकप्रिय गायक प्रविन सापकोटाको आवाजमा रहेको गितमा गितकार एवम् सर्जक सरोज विरही कार्किको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । माया प्रेमकै विषयवस्तु गितमा दर्शाईएको छ ।

            • पोखरामा सेती
            • नक्कली मायाको भर लाग्दैन त्यति

स्मृति तिमिल्सिना “गुरुआमा’को निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियो चर्चित कलाकार रमेश थापा र रिना थापा मगरको डान्सिङ्ग फिचर एवम् अभिनय रहेको छ | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई करन चौसिरको छायांकन एवम् प्रकाश धमलाको सम्पादन रहेको छ ।

गितको म्युजिक भिडियो अन्तयन्तै आकर्षित र लोभलाग्दो वनेको छ उक्त गितको म्युजिक भिडियो Prisha Music solution को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation