हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

राप्रपा बाणगंगाद्धारा भिष्म ढुङ्गानाको संयोजकत्वमा १५ सदस्यीय निर्बाचन प्रचार प्रसार समिति गठन

जितपुुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाणगंगा नगरकार्यसमितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक बाणगंगाको ४ नम्बर जितपुरमा सम्पन्न भएको हो । बैठकले ११ वटै वडाबाट प्रतिनिधित्व रहेको भिष्म ढुङ्गानाको संयोजकत्वमा १५ सदस्यीय निर्बाचन प्रचार प्रसार समिति बनाएको छ ।

यस्तै बैठकले नन्दु राज रानाको संयोजकत्वमा ६ सदस्यीय आर्थिक समिति, राजेन्द्र बिक्रम शाहको संयोजकत्वमा भोज राज आर्चायसहित ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । यहि बैशाखको पहिलो हप्तासम्म ११ वटै वडा र नगरमा चुनाव प्रचार सम्पर्क कार्यालय खोल्ने बैठकले निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य ध्रुब रायमाझिले राप्रपाको एजेन्डा र नेतृत्व प्रति आम मानिसको आकर्षण बढ्दै गएको बताउँदै युवाहरु नै आफै खोजि खोजि पार्टि प्रबेश गरेको बताउनुभयो ।

केन्द्रिय सदस्य रायमाझिले अब अन्य पार्टीको बिकल्प राप्रपा मात्र रहेको दाबी गर्नूभयो । उहाँले राप्रपाका बिचार जनताको घरदैलोसम्म पुग्ने हो भने पार्टिको जितलाई कसैले रोक्न नसक्ने जिकीर गर्नुभयो । केन्द्रिय सदस्य रायमाझिले आजदेखि नै पार्टीको कामलाई युद्धस्तरमा अघि बढाउन निर्देशन समेत दिनुभएको छ ।

बैठकलाई सम्बोधन गर्दै राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले एमसीसी राष्ट्रियताको बारेमा अरु पार्टीले दोहोरो चरित्र देखाएको बताउँदै उक्त कुरा जनतालाई बुझाउन पर्ने बताउनुभयो । उहाँले स्थानिय तहमा भएका भष्ट्रचारलाई उजागर गर्न निदेशन दिनुभएको छ । बैठकमा राप्रपाका नेता डा ।माघव पन्थीले नेपाली काग्रेसले बि।पि।को बिचार र सिद्धान्त छोडेर खाली सत्ताको लागि कम्युनिष्टको पिछुलगु भएको आरोप लगाउनुभयो । उहाँले कांग्रेसको आफ्नै छुटै पहिचान नभएकोले आफु राप्रपामा प्रबेश गरे स्पष्ट पार्नुभयो ।

उक्त बैठकमा राजेन्द्र बिक्रम शाह, भिष्म ढुङ्गाना, भोज राज आर्चाय लगायतले अ–आफ्नो भनाई राखनु भएको थियो । सोही बैठकमा बाणगंगा पार्टि प्यालेसका संचालकसहितले पार्टिको सदस्यता लिई राप्रपाको अभियान सहभागी हुनु भएको छ । बैठक राप्रपा बाणगंगाका नगर अध्यक्ष गिरिराज कँडेलको अध्यक्षतामा सम्पन्न बैठकको संचालन नबराज घिमिरे गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation