दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ भव्यरुपमा सम्पन्न

काठमाण्डौ ।
नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो पाँचौं संस्करणको कार्यक्रम हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो ।

नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका गीतहरु सहित उक्त समारोहमा जम्मा ५१ विधामा विभिन्न अवार्ड प्रदान गरिएको पिम नेपालकी महासचिव एवं कार्यक्रम संयोजक कमला जोशीले बताएकि छन् ।

त्यसैगरी यस वर्षको रजत सम्मानबाट वरिष्ठ गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” सम्मानित भएका छन् । रंग पत्रकारितामा लामो समय कलम चलाएका बरिष्ठ पत्रकार कृष्ण भट्टराईलाई पिम नेपाल कला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने लामो समय देखी मानव अधिकारका क्षेत्रमा सक्रिय अधिकारकर्मी दिर्घ राज जोशीलाई सेवा सम्मान, चर्चित संगीतकार दिपक शर्मालाई यूवा संगीत सम्मान, बालगायिका सफलता श्रेष्ठलाई बाल प्रतिभा सम्मानवाट सम्मान गरिएको थियो भने अन्य विभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई सम्मान एवं कदर गरिएको थियो ।

कार्यक्रममा नेपाली चलचित्र, गीत संगीत, कला संस्कृतिका क्षेत्रमा साथै विभिन्न क्षेत्रमा सक्रिय विशिष्ठ तथा अतिविशिष्ठ व्यक्तित्वहरुको भव्य सहभागीता रहेको थियो भने कार्यक्रमलाई नेपाल टेलिकम, एभरेष्ट वियर, गरिमा विकास बैंक, गोकर्णेश्वर नगरपालिका, वुढानिलकण्ठ नगरपालिका, घोडाघोडी नगरपालिका, साउथ वेष्टर्न कलेज, ओम समाज अस्पताल, व्ल्याकपर्ल कस्मेटिक, होटल आर्ट, गरिमा विकास बैंक, कुमारी बैंक, एस।मए।एस । सेक्यूरिटी एण्ड एच आर सोलुशन प्रा।लि।, टिका गोपाल एम्। क्रियशन, डेल्फिक काउन्सिल, काठमाण्डौ महानगरपालिका लगायतको संघ संस्था तथा प्रतिष्ठानहरुको सहभागिता रहेको थियो ।

त्यस्तै उक्त अवार्ड कार्यक्रममा नेपाली रंगीन सिनेमाको पहिलो नायिकाचैत्य देवी सिंह, चलचित्र प्राविधिक संघ पुष्कर लाम, बरिष्ठ पत्रकार,गीतकार शान्तिप्रय ,अध्यक्ष, म्यूजिक भिडियो समाज अध्यक्ष, विधान कार्की , गायक अजय अधिकारी “सुशिल” समाजसेवी रगायिका सोमा खत्री वित्तविद नन्दहरि शर्मा, बरिष्ठ गीतकार भरत बम्जन बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ गायक सिताराम पोखरेल, बरिष्ठ संगीतकार जुगल डंगोल चर्चित संगीतकार सन्तोष श्रेष्ठ चर्चित गायकशिव परियार चर्चित गायक कृष्ण काफ्ले, गीतकार रमेश दाहाल, कोरियो ग्राफर अजय स्याङ्तान सम्पादक विपिन भाट ,संगीतकाररएरेन्जर राजेन्द्र बजगाई, रंग पत्रकार जिवन पराजुली, रंग पत्रकार विष्णु सुवेदी, पत्रकार गीता अधिकारी ,अभिनेता विशाल विष्ट, सञ्जित भण्डारी, गोपाल ढकाल “छन्दे”, श्रीदेव भट्टराई लगायका व्यक्तित्वहरुको उत्साहजनक सहभागीता रहेको कार्यक्रमकी संयोजक जोशीले बताइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation