


विष्ण शर्मा ।
हाम्रो समाजमा केही दिनयता महिला हिंसाका घटनाहरुमा दिन प्रतिदिन तिव्रता आएको देखिन्छ । हुन त नेपाली समाजमा महिलामाथि हुने विभेद हिंसा नयाँ कुरा होइन । यस्ता घटनाहरु पहिले पनि नघटेका होइनन् । तर अहिले संचार क्षेत्रको विकास, महिलाहरुमा आएको चेतना राजनीतिक परिर्वतन र भूमण्डलीकरण आदि कारणले यस्ता घटनाहरु सार्वजनिक भइरहेका छन् ।
यसको कारण महिलामाथि हुने हिंसा हाम्रो नेपाली समाजको धर्म, संस्कृति र परम्पराबीचको सम्बन्ध पनि हो । कम्लरी, देवकी, छाउपडी, बहुविवाह, दाइजो प्रथा, छोराछोरीबीचको भेदभाव, कुमारी प्रथा, बोक्सीलगायत अन्य अन्धविश्वास, कुरीति र कुसंस्कारको आधार धर्म, संस्कृति र परम्परा नै हो ।
यसकारण हाम्रो समाजको परम्परागत धर्म, संस्कृति, मूल्यमान्यता, सोच र चिन्तनमा आमूल परिर्वतन नभएसम्म महिला विरुद्धमा हुने सबै खाले विभेद र हिंसाको अन्त्य हुन सक्छ कि सक्दैन भन्ने गम्भीर प्रश्न यहाँनेर खडा हुन्छ ।
यी परम्परागत कारणहरुले गर्दा महिलामाथि हुने विभेद र हिंसाका पछाडि प्रायः स्वयम् महिलाहरु नै रहने गरेका छन् । दाइजो नल्याएको अथवा छोरा नजन्माएको निउँमा बुहारीहरुलाई मानसिक यातना दिने, कुटपिट गर्ने, घर निकाला गर्ने र जलाउने सम्मका घटनाहरुमा सासूकै अहम भूमिका रहने गरेको पाइन्छ ।
महिलाहिंसा तथा मानव बेचविखन जस्ता समस्याहरु घट्नुको सट्टा झन विकराल हुँदैगइरहेको छ । अत्यधिक गरीवी र अभावले गर्दा महिलाहरु बिदेशिने व्रmम पनि बढ्दै गई रहेको छ बैदेशिक रोजगारी महिलाहरुका लागि कति असिक्षीत छन । यो विषय अहिले प्रशस्त चर्चाको बिषय भएको छ । हालैको एउटा तथ्यांक अनुुसार अहिले खाडी मुुलुुकमा मात्रै काम गर्ने नेपाली महिलाको संख्या चालिस हजार भएको अनुुसन्धान गरिएको छ । यसरी बैदेशिक रोजगारीमा जानेव्रmमसगै विविध समस्याहरु पनि बढदै गइरहेको देखिन्छ ।
कामदारको रुपमा जाने प्रतिशत महिलाहरु बिभित्र शारिरीक , मानसिक र यौन दुव्र्यवहारका समस्याहरुबाट पिडित समाचारहरुले पनि यो यसलाइ देखाइरहेको छ ।
नेपाली नागरिकका सम्पूर्ण मानवअधिकारको रक्षा र सुनिश्चितताको संवैधानिक जिम्मेवारी पाएको राष्ट्रिय मानवअधिकार आयोग, महिलाहरुको अधिकारको रक्षाका लागि स्थापित राष्ट्रिय महिला आयोग र दलित आयोग जस्ता निकायहरु कमजोर तथा र राजनीतिक हस्तक्षेपका सिकार भएका कारणले पनि मानवअधिकार उल्लंघन तथा महिला हिंसाका घटनाहरु घट्नुको सट्टा बढिरहेको छ ।
नेपालका राजनीतिक दल तथा नेताहरुमा मानवअधिकारको संस्कृतिको विकास नहुनु तथा उनीहरुमा मानवअधिकारप्रतिको प्रतिवद्धता र इच्छाशक्तिको कमी हुनाले पनि नेपालको समग्र मानवअधिकारको अवस्था नाजुक र दयनीय रहँदै आएको छ।
महिला हिंसाका घटनाहरुमा वृद्धि हुनुका पछाडि इन्टरनेट, साइवर, फेसवुकको विकास र त्यसप्रति बढ्दै गइरहेको नेपाली समाजको पहुँँँच पनि महिला हिंसा बलात्कारका लागि जिम्मेवार रहेको छ । युवा पुस्ताको लवाईमा बढ्दै गएको उच्छृङखलता, कारण पनि महिलामाथि हुने हिंसा र यौन दुव्र्यवहारबढ्दै गएको हुनसक्छ ।
नेपाली समाजमा व्याप्त जुवातास र मदिरासेवन जस्ता सामाजिक विकृतिहरु पनि महिलामाथि हुने हिंसाका लागि जिम्मेवार छन् । मिडिया रिर्पोट र समाचारका अनुसार हालै भइरहेको जघन्य खालका महिला हिंसा र बलात्कारका घटनाहरुमा बहुसंख्यक घटनाहरु औषध र मदिरा सेवनकै कारणबाट भएका छन् ।
नेपाली समाज क्रमशः हिंसात्मक बन्दै गइरहेको र नैतिकताको ह्रास हुँदै गइरहेको कारण पनि यस्ता आपराधिक घटनाहरु घट्ने गर्छन् । खुल्ला अर्थतन्त्र, पुँजीवादप्रतिको मोह र पैसा नै सबैथोक हो भन्ने सामाजिक मान्यताका कारण पनि नेपाली समाज अपराधीकरण र छाडापनतिर उन्मुख हुँदै गइरहेको छ ।
अपराधको राजनीतिकरणका कारण नेपाली समाजमा दन्डहिनता मौलाउँदै गइरहेको । माथि उल्लेखित तमाम कारणहरुले गर्दा महिला विरुद्ध हुने विभेद सबै खालका हिंसा अन्त्य गर्नका लागि यी सबै पक्षहरुलाई विचार गर्नु आवश्यक छ । नेपाली राजनीतिमा क्रमभंगता, नेपाली समाजको परम्परागत सोच, चिन्तन र संंंंस्कार, जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन र राज्यका सबै संरचनाहरुमा परिवर्तन नआएसम्म महिला हिंसाको अन्त्य हुुन सक्दैन ।