


उज्यालो आवज, जितपुुर ।
नेकपा एमालेको भातृ संगठन नेपाल् खेलकुद महासंघ कपिलवस्तुको बैठक आज बाणगंगाको खाराखानीमा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष कृष्ण देबकोटाको प्रमुुख आतिथ्यता रहेको कार्यक्रममा केन्द्रिय सदस्य उमा अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो ।
त्यसै गरी प्रदेश सदस्य हरि न्यौपाने, प्रदेश कमिटी रेशम गिरि, प्रदेश पार्टी सह इचाज बिजय कुवर, कपिलवस्तु इचाज श्याम सुवेदी लगायत जिल्ला कमिटी सदस्य हरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सम्पुर्ण जिल्ला, प्रदेश, तथा केन्द्रिय सदस्य लाई प्रदेश अध्यक्ष देबकोटाले टोपी बिमोचन गरि बितरण समेत गर्नुु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुुख अतिथि देबकोटाले सम्पुर्ण कमरेडहरुलाइ सुर्य चिन्हमा भोट गरेर एमालेका उम्मेद्बारहरुलाइ बिजय गराउन रातदिन खटिन निर्देश दिनुुभएको थियो । साथै हरेक जिल्ला कमिटीका सदस्यले एमालेका उम्मेद्बारहरुलाइ जिताउने प्रतिबद्धता पनि ब्याक्त गरेका थिए । यसरी प्रदेश अध्यक्ष बोलाएर बैठक बस्ने प्रदेश कै पहिलो जिल्ला कपिलवस्तु भएको उदाहरण पनि यस कार्यक्रमले देखाएको छ ।