हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

माधव कुमार नेपाल : कम्युनिष्ट पार्टि भित्रको भावना र मर्मलाई ओलीले छियाछिया पारे

सुशील गैरे, कपिलवस्तु ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी ओलीले कम्युनिष्ट पार्टि भित्रको भावना र मर्मलाई ओलीले छियाछिया पारेको बताए। कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित कार्यकर्ता भेला तथा पार्टि प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

६ महिना अघि मात्रै गठन गरिएको पार्टीमा जनताको लहर बढेको बताउँदै उनले आफ्नो पार्टीप्रतिको जनलहर देखेर विपक्षी दलहरू अत्तालिएर बर्बराउन थालेको बताएका छन्। उनले ओली परिवर्तन विरोधी भएको आरोप पनि लगाए। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले आगामी निर्वाचनमा बामपन्थको नाममा बर्को ओढेकाहरुलाई पराजित गर्नुपर्ने बताए ।

उनले आगामी निर्वाचनमा सत्ता साझेदार गठबन्धन मिलेर जाने भएकोले देशभर गठबन्धनका साझा उम्मेदवारले जित्ने दाबी गरे। अध्यक्ष नेपालले भने, ‘आवश्यकताका आधारमा कहाँसम्म मिल्छ, त्यहाँसम्म गठबन्धन हुन्छ।’ गठबन्धन गर्नुपर्छ भन्नेलाई सँगै लैजानुपर्ने र नगरौं भन्नेलाई एक्लै उठ्न दिनुपर्ने उनको भनाइ छ। अध्यक्ष नेपालले भने, ‘गठबन्धन गर्नु हुँदैन भन्नेलाई एक्लै उठ्न दिनुपर्छ।’
एकीकृत समाजवादी पार्टी समाजवादको दिशामा अगाडि बढेको बताउँदै न्याय, सत्य र परिवर्तनको लागि काम गर्न उनले नेता कार्यकर्तालाई आग्रह गरे।
उनले २०५१ सालमा एक सय रुपैयाँबाट सुरू गरिएको वृद्ध भत्ता अब मासिक ५ हजार पुर्‍याउने दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation