


काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
त्यसैगरी सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८ जारी गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।