महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने                
समाचार :

कपिलवस्तु नगरपालिकाद्धारा १ सय ६ पुर्व राष्ट्रसेवकलाई सम्मान

कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाले वडा नम्बर ३ ले वडा भित्र रहेको १ सय ६ पुर्व राष्ट्रसेवकलाई सम्मान गरेको छ । सेवा निबृत्त कर्मचारी, शिक्षक, महिला स्वयमसेविका गरी १ सय ६ जनालाई राष्ट्र र वडाको विकासमा खेलको भुमिकाको कदर गर्दै उनीहरुलाई सम्मानित गरिएको हो । मेयर किरण सिंह र उप मेयर लक्ष्मी गुप्ता, वडाध्यक्ष प्रकाश गैरेले उनीहरुलाई गम्छा ओढाई टिका लगाई कदर पत्र प्रदान गरेका थिए ।

सो अवसरमा मेयर सिंहले देश र नगरको विकासकालागि लामो सयम खर्चेर सेवा निबृत्त भएकाहरुलाई संम्मान गर्नु गौरवका कुरा भएको बताए । ‘ पुर्व राष्ट्र सेवकको सम्मान गर्न पाउनु पनि गौरवको कुरा हो ’ उनले भने । उनले सबैले मिलेर नगरकोे विकास गर्नु पर्ने बताए ।

सो अवसरमा उप मेयर गुप्ताले पुर्व राष्ट्र सेवकहरुलाई वडा नम्बर ३ ले सम्मान गरेर राम्रो काम गरेको भन्दै प्रशंसा गरिन । उनले यस्तो कार्यक्रम सबै वडा सहीत नगरपालिकाले समेत गनू पर्ने बताईन । कार्यक्रममा वडाध्यक्ष गैरेले पुर्व राष्ट्र सेवकलाई सम्मान गर्र्न पाएकोमा आफुलाई निकै राम्रो लागेको बताए । उनले यस्ता कार्यक्रमले उनीहरुको उत्साह र हौसला बढने बताए ।

वडाध्यक्ष गैरको अध्यक्षता, बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालन र जुनु श्रेष्ठको स्वागत मन्तब्यमा भएको कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेल, नगर शिक्षा शाखाका प्रमुख हरि पूसाद ज्ञवाली, पुर्व शिक्षक बेचनलाल श्रीवास्तव, पुर्व कर्मचारी रामदेव मिश्रा लागतयले मन्तब्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation