चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने                
समाचार :

गायिका लम्साल : टिकटकलाइ ब्यावसाय प्रबर्द्धन को रुपमा लिने गरौँ , धेरै लाभ छ

जितपुर ।
पछिल्लो समय निकै लोकप्रिय बनेको सामाजिक संजाल टिकटक प्रयोगकर्ता बढि रहेका छन । छोटो समयमा नै सबैभन्दा बढी डाउनलोड भएको मोबाइल एप्स टिकटकमा दिनप्रतिदिन मानिसको आकर्षक बढेको हो । ज्ञछ सेकेन्ड को भिडियो मा आफुको कलालाई प्रस्तुत गर्न सकिने हुदा यश प्रती धेरैको आकर्षक बढ्दो छ । यस्तै लोक तथा दोहोरी गायिका वर्षा लम्साल पनि पछिल्लो समय टिकटकमा उदाउँदो कलाकारको रुपमा रहेकी छन । सुरिलो स्वरकी धनी लम्सालका दर्जनगीत बजारमा आइसकेका छन ।

आफ्नो सुरिलो स्वर बाट नै चर्चा कमाउन सफल गायिका लम्साल पछिल्लो समय आफ्नो छुट्टै पहिचान बाट नै टिकटकमा छाएकी छन । उनको मौलिक पाराको नृत्य र बोली लाई धेरैले रुचाएका छ। उनले राखेका भिडियोमा आउने प्रतिकृयाले पनि यश कुरा प्रस्ट हुन्छ । गायिका लम्सालको त्यही स्वर नृत्य र मौलिकपनको बोलिलाइ मन पराउने पनि धेरै छन अहिले उनलाई टिकटकमा करिब १ लाख छण हजार पचास हजारले फलो गरेका छन । यता पछिल्लो समय टिकटकले बिकृती भित्राएको उनको भनाइ छ ।

आफ्नो प्रतिभा प्रस्फुटन को लागि र आफ्नो कला प्रस्तुत गर्ने राम्रो माध्यम हुदाहुदै पनि पछिल्लो समय टिकटकलाइ नकारात्मक रुपमा लिने गरेको उनी बताउछिन । टिकटक भनेको मनोरञ्जन का साथै आफ्नो कला प्रस्तुत गर्ने ठाउँ हो तर यसलाई केइ ब्यक्ति लाई गलत रुपमा लिदै छन । यस्का साथै टिकटकमा छाडा प्रबृत्ति बढेको र कपडा गहना लगाएतका सामग्री प्रदर्सन गर्ने ठाउँ बनेको उनको बुझाइ छ ।

यसका साथै गिफ्टको नाममा पनि पनि बिकृती बढेको उनी बताउछिन । मनोरञ्जन का साथै टिकटकलाइ आफ्नो ब्यावसाय प्रबर्द्धन को रुपमा लिन सके यसबाट धेरै लाभ लिन सकिने उनी बताउछिन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation