हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

लुम्बिनी राजधानीसम्बन्धी गुरुयोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत

बुटवल ।
लुम्बीनी प्रदेशको स्थायी राजधानीको गुरुयोजना प्रदेश मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । मंगलबार बुटवलमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश पूर्वाधार निर्माण प्राधिकरणले सरकारलाई बुझाएको गुरुयोजना स्वीकृत गरेको हो ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाइएको गुरुयोजनालाई आधार बनाएर अब सरकारले विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने सरकारका प्रवक्ता तिलकराम शर्माले बताए । २०७७ सालमा लुम्बिनी प्रदेश सभाले दाङ, अर्घाखाँची र कपिलवस्तुको संगमस्थल दाङको देउखुरी क्षेत्र अर्थात् राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो ।

यस्तै बैठकले लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि, प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सक परिचालन तथा सञ्चालन, प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा पहिलो संशोधनलगायत स्वीकृत गरेको छ ।

यसैगरी प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, लालमटिया स्वास्थ्यचौकी, भालुवाङ, दाङलाई ५० शय्यामा स्तरोन्नति गरी प्रदेशमातहत सञ्चालन ल्याउन नेपाल सरकारसमक्ष सिफारिस गर्ने समेत निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation