


भारत। प्रवासी नेपाली संघ भारत हिसार नगर महिला बिभाग को आयोजनामा सीता भट्टराईको अध्यक्षता र देवी अधिकारी को संचालनमा केन्द्रीय समिति सचिवालय सदस्य गीता घिमिरेको प्रमुख अतिथ्यता, सोही समिति सदस्य अमर के सी, राज्य समिति सदस्य सुमित्रा अधिकारी राज्य, नगर, महिला बिभाग का सम्पूर्ण कार्यकर्ता हरु को उपस्थितिमा ११२ अौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ र सो कार्यक्रमको प्रमुख अतिथि गीता घिमिरेले श्रमिक महिला दिवसको बारे बोल्दै भारत प्रवासमा महिला हरु को श्रम सम्मान को अवस्था, यहाँ महिलाहरूले भोग्नुपरेको घरेलुु हिंसा बारे आफ्नो विचार राख्दै महिलाहरूलाई अन्यायको बिरोधमा आफ्नो आवाज सम्बन्धित निकायसँग पुर्याउन अनुरोध गर्नुभयो, त्यसैगरी अन्य अतिथि हरु ले पनि कर्तव्य सहितको महिला हक अधिकार स्वतन्त्रता र समानता बारे आआफ्नो महत्त्वपूर्ण विचार राख्नुभएको थियो।