


पार्टी भन्दा माथि उठेर जनताको सम्मान र देशको रक्षा गर्ने नेता चाहियो । देशको अभिभावक चाहियो । राजनीतिक भन्दा पनि मानसिकरुपमा मानिसको स्वाभावमा संकृर्णता र एकांकी पन बढ्दै गएको छ । आजको आधुनिक जमानाको मानिस फराकिलो बिचार , खुला हृदयको समाजमुखि हुनु पर्नेमा पार्टीमुखी रगुटमुखी मात्रै देखियो ।
कार्यकर्ता त कार्यकर्ता नै भए , नेताहरुको भाषणमा एकले अर्को लाई गालि , बेईजज्वती गर्ने , उछित्तो काड्ने उनिहरुकेै भाषामा भन्ने हो भनेू खुईल्याउने ू संस्कारले कहाँ पुर्याउने हो रु अनुशासन हिन , अराजकहरुको गुट र गैर जिम्मेवारहरुको भिड उत्पादन गर्नेमा राजनीति नेताहरु जवाफदेही हुनुपर्छ ।
यहाँ त पार्टी फरक भएकोले बाल्यकालको साथी भेट हुदाँ आत्मियता प्रकट गर्न सक्दैन । सामाजिक संजालमा देखिन्छ करेसा जोडिएको छिमेकी पार्टी फरक भएकोले बिबाह, जन्म दिन पास्नी जस्तामा शुभकार्यमा शुभकामना दिन हिचकिचाउछ । आफन्तको मृत्युुमा समवेदना लेख्न डराउँछ पार्टी फरक भएकाले । आफ्नै पार्टीका मात्रै सहिद अर्को देश भक्तको शालिकमा माला लगाउदैन , बरु शालिक ढाल्छ। राति नै अर्को आफ्नो गुटको शालिक खडा गर्छ । कति संकृर्ण छाती बनायो मानिसको आधुनिक राजनीतिले ।
बिगतमा जुनै पार्टीको होस् राजनीतिक कर्मीको ईज्जत् बेग्लै थियो । बिपक्षीले पनि मर्यादा गर्थें । राजनीति भनेको देश र जनताको लागि हो , राजनीति बिचार हो गालिबेईज्वती होइन नेताहरु ूडन ू हैनन् भन्ने अहिलेका ूटिन एजर ूहरुको दिमागमा कस्ले राखिदिने ?
आफ्ना पार्टीका कार्यकर्ता मात्रै जनता हुन् ,अरु पार्टीका सबै बैरी हुन् भन्ने सस्कृति झांगिदैछ । पार्टी बलियो भए कार्यकर्ता बलिया हुन्छन् भन्ने कि रु जनता बलियो भए देश बलियो हुन्छ भन्ने
पंचायतको बिरोधमा धेरै नेताहरु थुनिए तर थुनिदा पनि उनिहरुको ईज्जत् बढ्यो । राजाले पनि दलका नेताको ईज्जत् गर्थे दलहरूले पनि राजाको मर्यादा गर्थें र त्यहाँ आपसी सम्मान थियो । संस्कार र संस्कृति थियोे । राजालाई सिध्याएर दलहरु शक्तिशाली बन्छन् भन्ने भ्रमले गर्दा दलहरुको अस्तित्वलाई गुटमा पुर्याउन बाध्य भए बिडम्वना
त्यसैले कुनै पनि पार्टीको अध्यक्ष देश कै अभिभावक बन्न सक्नुपर्ने , देश र जनताको आदर्श बन्नु पर्ने ध्येयले राजनीतिमा आएको हुन्छ भन्ने आम बुझाई हो । तर , यहाँ त गुटको नेता कि पार्टीको अध्यक्ष ? देशको अभिभावक खोई