हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नारायणकाजी श्रेष्ठ एमाले नेताहरुसँग छलफलमा

काठमाडौं ।
सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्ने सहमति छ । तर, चुनावी तालमेल कसरी गर्ने भन्नेबारे सत्तारुढ दलहरुबीच अझैसम्म समझदारी बन्न सकिरहेको छैन ।

कांग्रेससँग चुनावी तालमेल गरेर अघि बढ्दा आफू निक्कै तल परिने र भनेको जस्तो हैसियतसमेत नपाउने बुझेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निरन्तर एमालेका नेताहरुसँग सम्पर्कमा राखिरहेका छन् ।

अवस्था जे पनि हुने आंकलनसहित माओवादी केन्द्रका नेताहरु नेकपा एमालेका नेताहरुसँग छलफलमा छन् । उसो त, एमालेका नेताहरु पनि सत्तारुढ दलहरुको चुनावी तालमेल भएमा आफूहरुले धेरै ठाउँमा पराजय भाग्नुपर्ने आँकलनसहित त्यसैअनुसारको तयारी गरिरहेका छन् ।

एमालेका नेताहरु पनि जसरी हुन्छ सत्तारुढ गठबन्धन बत्काउनुपर्ने रणनीतिमा अघि बढेका छन् । यसैक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेका नेताहरुसँग निरन्तर छलफल गरिरहेको खबर बाहिरिएको छ ।

प्रचण्ड स्वयंमले पनि बिहीबार गठबन्धनको बैठकमा आफ्नो पार्टीका नेताहरु चुनावी तालमेलका लागि एमाले नेताहरु निरन्तर संवादमा रहेको सुनाएका छन् । एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरु केही दिनअघि चीन भ्रमण गरेर फर्किएका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली गत साता कुन्मिङ गएको थियो भने माओवादी नेताहरु वर्षमान पुन र देव गुरुङ पनि कुन्मिङ पुगेका थिए ।

दुबै दलका नेताहरु एकैपटक चीन भ्रमणमा जानु संयोग मात्रै नभएकाले पार्टी एकताका लागि चीन सक्रिय भएको कतिपयको बुझाइ छ । चीनबाट फर्किएपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी बैठकमै चीनले वामपन्थी मिलेर जान सुझाव दिएको ब्रिफिङ गरेका थिए ।

माओवादी नेता देव गुरुङले पनि नेपालका बामपन्थीहरु एक होउन भन्ने चीनको पुरानै चाहना रहेको र यसपाली पनि उनीहरुले त्यही शुभेच्छा प्रकट गरेको बताएका थिए । एमाले र माओवादी केन्द्रले २०७४ को संसदीय निर्वाचनमा गठबन्धन बनाउँदा झण्डै दुई तिहाई सिट आएको थियो । वाम तालमेलपछि पार्टी एकता नै भएको थियो ।

यसअघि माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बनेको थियो । पछि सर्वोच्च अदालतको फैसलाका कारण दुबै पार्टी ब्युँतिएको थियो ।

छिन्नभिन्न अवस्थामा पुगेका कम्युनिष्ट पार्टीहरुलाई एउटै पार्टीमा समाहित गर्नका लागि छिमेकी देश चिनसमेत सक्रिय भएको छ । नेपालका लागि चिनियाँ विदेशमन्त्रीले सेमत एमाले र माओवादी मिलाउन सक्रियता बढाएको देखिन्छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गठबन्धन गरेर स्थानीय तहको चुनावमा जान सक्ने संकेत गरेलगत्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न विकल्प खुल्ला गरेको छ । तर दुबै दलका नेताहरुले भने चुनावमा एक्लै लड्नुपर्ने धारणा राख्दै आइरहेका छन् ।

वाम गठबन्धनको चर्चा परिचर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका ७ नेताहरू एकैपटक उत्तरी छिमेकी मुलुक चीन गएर फर्कनुलाई पनि महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation