हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

स्थानीय निर्वाचनमा नेकपा एस पहिलो पार्टी बन्ने: नेपाल

राम अवतार चाैधरी
कपिलवस्तु,

नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सामाजिक सुरक्षा भत्ता ५ हजार रुपैयाँ पुर्‍याउने बताएका छन् । आफू एमालेमा रहँदा बृद्धा भत्ताको सुरुवात गरेको जिकिर गर्दै नेपालले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले जित्ने दाबीसमेत गरे ।

कपिलवस्तुको चन्दौटामा मंगलबार आयाेजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । एकीकृत समाजवादीप्रति जनताको आकर्षण देखेर विपक्षी दलहरूले त्रसित भएकाे बताउँदै पाँच दलीय गठबन्धनको निरन्तर वार्ता र छलफलमा रहेकाले सबै दलहरू गठबन्धनप्रति सकारात्मक रहेकाे उनकाे भनाई छ ।

एकीकृत समाजवादी पार्टी समाजवादको दिशामा अगाडी बढेको बताउँदै लुम्बिनीसँग जोडेर कपिलवस्तुलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्नेमा उनले जाेड दिए । अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एस पहिलो पार्टी बन्ने ठाेकुवासमेत गरे ।

यसैबीच नेकपा एकिकृत समाजवादी पार्टीका लुम्बिनी अध्यक्ष मेटमणी चौधरीले दलिय गठबन्धन सबै चुनावी अभियान कायम रहने बताए । कांग्रेस, एमाले र माओवादी लगायत अन्य राजनैतिक दल राष्ट्र सभाको निर्वाचनमा समाप्त भैसके अब स्थानीय र संघको निर्वाचनमा समाप्त हुने प्रक्रियामा रहेको चौधरीले बताए ।

आगामी निर्वाचनमा केेपी ओली र बिष्णु पौडेललाई आफ्नो निर्वाचन क्षेत्रमा चुनाव जितेर देखाउन उनले चेतावनी दिए । मुलुकमा कम्युनिष्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीले बिद्रोह गर्दै आएकाे बताउँदै निर्वाचन पछि एकिकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे । चा‌ैधरीले भने : “एकीकृत समाजवादी बिद्रोह गरेको हो, विभाजन भएको हाेइन ।”

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं ३ कमिटीले शिवराज नगर कमिटीको आयोजनामा भएकाे कार्यक्रमलाई केन्द्रीय सचिव एवम् लुम्बिनि इन्चार्ज भागवत बिश्वासी, केन्द्रीय सदस्य मिना परियार, कपिलवस्तु अध्यक्ष लंकबहादुर हमाल लगायतले सम्बाेधन गरेका थिए । साथै पार्टीमा १ हजार बढी प्रवेश गरेकाे शिवराज नगर अध्यक्ष सराेज पाैडेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation