


दाङ ।
नेकपा माओवादी केन्द्रको लमही नगरपालिका अध्यक्षमा ओमप्रसाद सुवेदी चयन भएका छन् । मंगलबार बसेको नगरको तेस्रो पूर्ण बैठकले सुबेदीलाई अध्यक्ष चयन गरेको हो ।
सचिवमा बाबुराम चौधरी, सहसचिवमा नारायण भुसाल चयन भएका हुन् । अरु पुरानै कार्य समितिका सदस्य दोहोरिएका हुन् । यस अघि नगरको अध्यक्ष वसन्त पण्डित थिए।