


पाल्पा ।
तानसेन नगरपालिकाले अव्यवस्थित रूपमा फाल्ने फोहोर जलाउँदा तानसेन बजारनजिकैको वनदेवी जंगलमा बर्सेनि आगलागी ९डढेलो० हुने गरेको छ । तानसेन नगरपालिका–५, स्थित देउराली सामुदायिक वनमा तानसेन नगरपालिकाले अव्यवस्थित रुपमा फाल्ने फोहर जलाउँदा तीन दिनदेखि आगलागी नियन्त्रणमा आएको छैन ।
तानसेन–तम्घास सडकखण्डनजिकै वनदेवी वनक्षेत्रमा हरेक वर्ष हिउँदमा सल्लेरी जंगलमा आगलागी हुनेगर्छ । नगरपािलकाले फाल्ने फोहोर जलाउँदा सोमबारदेखि जंगलमा डढेलो सुरु भएको देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजेन्द्र अधिकारीले बताए । देउराली सामुदायिक वनमा लागेको डढेलोले १५ हेक्टर बढी वनक्षेत्रमा क्षति पुगेको छ ।
स्थानीय बासिन्दा, सेना, प्रहरी, सशस्त्र प्रहरी र वन कर्मचारीहरुको टोलीले आगो नियन्त्रणमा लिए पनि पुनः हावाहुरीले डढेलो लाग्ने गरेको छ । सामुदायिक वनको कार्ययोजनामा समेत वनक्षेत्रमा फोहोर फाल्न निषेध गरिएको छ । अदालतले समेत वन क्षेत्रमा फोहर फाल्न अन्तरिम आदेश दिएको छ । तर तानसेन नगरपालिकाले वर्षौंदेखि अटेरी गर्दै फोहोर फाल्दै आएको डिभिजन वन कार्यालयले जनाएको छ ।
फोहोरकै कारण बर्सेनि वनमा डढेलोको जोखिम बढेको डिभिजन वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले बताए । फोहोरकै कारण वन डढेलोको जोखिम बढिरहेकोले सामुदायिक वन उपभोक्ता समूहले वनक्षेत्रमा फोहोर फाल्न प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका छन् । तानसेन नगरपालिकाले सात वर्षअघि ३ करोड ५० लाख खर्चेर निर्माण गरेको सेनेटरी ल्यान्डफिल साइट भने स्थानीय बासिन्दाको विरोधका कारण अलपत्र छ ।